मझेरी खबर
मधुपर्क २०६६ असार अंकका लेख/रचनाहरू मझेरीमा थपिएका छन्।
पढ्नको लागि यतातिर!
मझेरीमा लेख रचना प्रकाशन गर्दा ख्याल गर्नुपर्ने कुराहरू: यो पेजमा हेर्नुहोस्।
मेरी आमा
Submitted by Manoj kafle on Sat, 07/04/2009 - 19:35गङ्गा खाली सुसाउछिन निशीमा नाना बिलौना गरी
कठै भन्ने को पो छ र येहा गै गएनी मै मरी !
तिर्छु भन्थे दशधारा दुधको भारा सजिलै म ता
सकिन अब म लगे येमराजै मर्ने परयो अबता !!१
गजल
Submitted by khadkabinod on Sat, 07/04/2009 - 16:43सजिएको सिउँदो देखाई मार्ने नगर
मायाप्रेमको नाटक गरी हाँस्ने नगर ।
मायामहल खडा गरीदिन्छु भन्ने तिमी
झुठो माया पिरती लगाई ढाँट्ने नगर ।
आऊ तिमी
Submitted by kbs on Sat, 07/04/2009 - 15:21म पर्खिरहेछु यहाँ, आऊ तिमी
बिहानीको लाली बनेर आऊ
आऊ-आऊ तिमी आऊ मिलनका
मिठा-मिठा पल बनेर आऊ
टन्न पिएर आएको छु
Submitted by madhu on Sat, 07/04/2009 - 15:06तिम्रो मायाको नाममा टन्न पिएर आएको छु
हिजो पूरा थिएँ तर आज खिएर आएको छु
कोमल यो मुटु थियो बज्र शिला प्रहार गर्यौ
दुनियाको सामु बेइज्जतले दबिएर आएको छु
सप्ताहान्तको साँझ
Submitted by basanta on Fri, 07/03/2009 - 22:23सप्ताहान्तको साँझ
एक्लै आउँछ,
गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ
र मेरो अनुहारमा पोतिदिन्छ,
ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ
अनि एक्लोपनाका अनगिन्ती माउसुलीहरू बनेर
रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ,
सप्ताहान्तको साँझ
एक्लै आउँछ।
(असोज ६, २०५७; पोखरा)
मेरो ब्यथा
Submitted by Khanal_tanka on Fri, 07/03/2009 - 21:12जिन्दगीको दोबाटोमा धोकै धोका खाको छु
धोकेबाजीलाई बिर्सन मन मन्दिर धाको छु
नसोध मलाई के भो? यो नसाको खेल हो
दुई दिने जिन्दगी नि मलाई आज जेल भो
केही मुक्तकहरु
Submitted by sushma on Fri, 07/03/2009 - 16:14आउ नियाल पढ्न सक्छौ यी आँखाहरुमा
तिम्रै मीठो गीत छ
तिम्रै नाममा धड्किन्छन स्पन्दन
तिम्रै न्यानो प्रीत छ
स्वीकार या नस्वीकार केही छैन
तिम्रो खुशीमै मेरो जीत छ
कि त फुल्यो प्रीतिका फूलहरू
कि झरी गयो कुहेर
यही संसारको रीत छ।
मुस्ताङ्गे बाटो
Submitted by kbs on Fri, 07/03/2009 - 07:16मुस्ताङ्गे बाटो
फुसफुसायो हिउँ
लेक लागेछ
समुद्री तट
जेलिएकेा लेउमा
किराको वस्ती
एउटा भिखारी मायाको
Submitted by sunil on Fri, 07/03/2009 - 05:17एउटा भिखारी मायाको भिख मागें त के भूल गरें
बोल्दिनौ किन पहिले जस्तै आखिर म त जिउँदै मरें
मनको मन्दिरमा पूजा गरें तिमीलाई त देउतै ठानें
हजार हजारमा माया गरें तिमीलाई त एउटै छानें
नबुझ्दा तिम्रो मनको कुरा दोधारै मा परें परें
एउटा भिखारी मायाको भिख मागें त के भूल गरें
मेरो लागि
Submitted by Khanal_tanka on Thu, 07/02/2009 - 22:00मेरो लागि कति तिमी मन्दिर मस्जिद धायौ
मैले गर्दा जिन्दगी मा धेरै ठक्कर खायौ
नराम्रो नै सोचे मैले सधैं तिमीलाई
आखिर मैले जे गरे नि गीत मेरै गायौ
म शोकाकुल भएँ
Submitted by Manoj kafle on Thu, 07/02/2009 - 18:27झमक्कै परेका थिए दिन अब असारको रातमा !
पर्यो निस्चल भएको बर्षा आसु झरी आखामा !!
नलेख्नु चरी बिलौना मेरा पिपलुको पातमा !
कसरी मन लुटेर लग्यौ एकान्तको रातमा !!१
भोटेताल्चाबाट सुरु हुने रुसी प्रेम
Submitted by Manoj kafle on Thu, 07/02/2009 - 17:26हाम्रा लागि मस्कोमा देखिएको खस्रुका बुटा झैँ भोटेताल्चाका जुत्ता र अलि अश्लील मानिन सक्ने दृष्य रमिताका लागि पर्याप्त थियो। उनीहरु शान्तिका प्रतिक एक जोडी सेतो परेवा उडाउन खोज्दै थिए। सैतै परिहन, सेतै परेवा, रमितेहरुको भीड। क्यामेराको क्लिक क्लिक। नेभा तटमा वातावरण रमाइलो थियो। मैले पनि केही क्लिक मात्र के गरेको थिएँ, दुलहीले समातेको परेवाले बिस्ट्याएछ। दुलही परेवा छाडौँला झैँ हाँस्न थालिन्। हाँसो सबैतिर छायो। परेवा भने उडाएरै छाडे। परेवा के उडेको थियो प्रेम प्रकट भयो। आपसमा अंकमाल र दोहोरो चुम्बनको त्यो दृष्य सायद मस्कोमा बन्द गरेको ताला खोल्ने अवसर थियो। झण्डै पाँच मिनेटपछि उनीहरु अलग भए।
म घर जाँदैछु
Submitted by atript on Thu, 07/02/2009 - 17:09बाई बाई सलाम साथीभाइ म घर जाँदैछु
मुटुभरि साँचेर सबैको माया मसँगै लाँदैछु
भेट भयो बिरानो ठाउँमा भयो चिनाजानी
माफी दिनू गल्ती भए जानी वा अन्जानी
गजल
Submitted by krishna k shrestha on Thu, 07/02/2009 - 13:41सम्पादकज्यू
majeri.com
majeri.com को म नियमित पाठक हुँ । मलाई यो पत्रिका एकदमै मन पर्छ । यहि पत्रिकाको प्रभावले मैले केहि गजल लेख्ने कोसिस गरेको छु । म आफ्नो गजलको श्रेय यहि पत्रिकालाई नै दिन्छु । लेख्न त मलाई त्यति आउँदैन गजल तैपनि मैले गजलको यो मासमा सानो एउटा गजल लेख्ने कोसिस गरेको छु । आशा छ यो गजल प्रकासन हुन्छ भन्ने । यो गजलमा केहि त्रुटि हरु हुन सक्छन कृपया त्यसको लागि म माफि चाहन्छु ।
मेरो गजल यस प्रकार छ ।
छाडन त छाड्यौ पि्रय चोट ताजै छ
म माथी गरेको त्यो खोट ताजै छ
खै किन अचम्मैले टाडिन खोज्दै थियौ
माया मारि त्यागेको विछोड ताजै छ
मझेरीमा लेख रचना प्रकाशन गर्दा..
Submitted by kbs on Wed, 07/01/2009 - 23:11श्रद्धेय पाठकवृन्द, लेखकवृन्द
पाठक लेखकहरूको सक्रियता सहभागिता तथा नियमपालनले नै मझेरीलाई स्वस्थ तथा साझा स्थल बनाउन सकिने कुरामा द्विविधा छैन। त्यसकारण मझेरीमा लेखरचनाहरू प्रकाशन गर्दा निम्न कुराहरूमा ध्यान दिनुहोला।
अन्यौलमा मेरो भाग्य "केरिएर" बन्यो
Submitted by Manoj kafle on Wed, 07/01/2009 - 21:01भुलेर न गजल झैँ जिवन शेरीयेर बन्यो
अन्यौलमा मेरो भाग्य "केरिएर" बन्यो
भए अशान्तिले मनमा अतिनै सतायो
जन्जालै जंजालमा जीवन "बेरिएर" बन्यो
फालौँ बिष त्यो
Submitted by kbs on Wed, 07/01/2009 - 20:55कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् ।
सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।।
चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी ।
आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। १ ।।
गजल
Submitted by Nirmala on Wed, 07/01/2009 - 16:50हुनेले त भन्छन् होला धन सँगै साट्छु माया
धन दौलत होइन मत मन सँगै साट्छु माया
जुग जान्छ भन्ने छैन पैसाले किन्या माया
यथार्थता झल्किएको तन सँगै साट्छु माया
तिम्रो माया
Submitted by Khanal_tanka on Wed, 07/01/2009 - 02:18दियौ तिमीले धेरै माया त्यो मायाको 'मात' लाग्यो
छोडेदेखि मैले तिम्लाइ दिउसै पनि 'रात' लाग्यो
हुन्न भन्थेउ मायामा कोही सानो ठुलो
तर तिम्रो प्रिती साट्न मलाई 'जात' लाग्यो
