मझेरी खबर

मधुपर्क २०६६ असार अंकका लेख/रचनाहरू मझेरीमा थपिएका छन्।
पढ्नको लागि यतातिर!

मझेरीमा लेख रचना प्रकाशन गर्दा ख्याल गर्नुपर्ने कुराहरू: यो पेजमा हेर्नुहोस्।

मेरी आमा

गङ्गा खाली सुसाउछिन निशीमा नाना बिलौना गरी
कठै भन्ने को पो छ र येहा गै गएनी मै मरी !
तिर्छु भन्थे दशधारा दुधको भारा सजिलै म ता
सकिन अब म लगे येमराजै मर्ने परयो अबता !!१

गजल

सजिएको सिउँदो देखाई मार्ने नगर
मायाप्रेमको नाटक गरी हाँस्ने नगर ।

मायामहल खडा गरीदिन्छु भन्ने तिमी
झुठो माया पिरती लगाई ढाँट्ने नगर ।

आऊ तिमी

म पर्खिरहेछु यहाँ, आऊ तिमी
बिहानीको लाली बनेर आऊ
आऊ-आऊ तिमी आऊ मिलनका
मिठा-मिठा पल बनेर आऊ

टन्न पिएर आएको छु

तिम्रो मायाको नाममा टन्न पिएर आएको छु
हिजो पूरा थिएँ तर आज खिएर आएको छु

कोमल यो मुटु थियो बज्र शिला प्रहार गर्यौ
दुनियाको सामु बेइज्जतले दबिएर आएको छु

सप्ताहान्तको साँझ

सप्ताहान्तको साँझ
एक्लै आउँछ,
गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ
र मेरो अनुहारमा पोतिदिन्छ,
ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ
अनि एक्लोपनाका अनगिन्ती माउसुलीहरू बनेर
रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ,
सप्ताहान्तको साँझ
एक्लै आउँछ।

(असोज ६, २०५७; पोखरा)

मेरो ब्यथा

जिन्दगीको दोबाटोमा धोकै धोका खाको छु
धोकेबाजीलाई बिर्सन मन मन्दिर धाको छु

नसोध मलाई के भो? यो नसाको खेल हो
दुई दिने जिन्दगी नि मलाई आज जेल भो

केही मुक्तकहरु

आउ नियाल पढ्न सक्छौ यी आँखाहरुमा
तिम्रै मीठो गीत छ
तिम्रै नाममा धड्किन्छन स्पन्दन
तिम्रै न्यानो प्रीत छ
स्वीकार या नस्वीकार केही छैन
तिम्रो खुशीमै मेरो जीत छ
कि त फुल्यो प्रीतिका फूलहरू
कि झरी गयो कुहेर
यही संसारको रीत छ।

मुस्ताङ्गे बाटो

मुस्ताङ्गे बाटो
फुसफुसायो हिउँ
लेक लागेछ

समुद्री तट
जेलिएकेा लेउमा
किराको वस्ती

एउटा भिखारी मायाको

एउटा भिखारी मायाको भिख मागें त के भूल गरें
बोल्दिनौ किन पहिले जस्तै आखिर म त जिउँदै मरें

मनको मन्दिरमा पूजा गरें तिमीलाई त देउतै ठानें
हजार हजारमा माया गरें तिमीलाई त एउटै छानें
नबुझ्दा तिम्रो मनको कुरा दोधारै मा परें परें
एउटा भिखारी मायाको भिख मागें त के भूल गरें

मेरो लागि

मेरो लागि कति तिमी मन्दिर मस्जिद धायौ
मैले गर्दा जिन्दगी मा धेरै ठक्कर खायौ

नराम्रो नै सोचे मैले सधैं तिमीलाई
आखिर मैले जे गरे नि गीत मेरै गायौ

म शोकाकुल भएँ

झमक्कै परेका थिए दिन अब असारको रातमा !
पर्यो निस्चल भएको बर्षा आसु झरी आखामा !!
नलेख्नु चरी बिलौना मेरा पिपलुको पातमा !
कसरी मन लुटेर लग्यौ एकान्तको रातमा !!१

भोटेताल्चाबाट सुरु हुने रुसी प्रेम

हाम्रा लागि मस्कोमा देखिएको खस्रुका बुटा झैँ भोटेताल्चाका जुत्ता र अलि अश्लील मानिन सक्ने दृष्य रमिताका लागि पर्याप्त थियो। उनीहरु शान्तिका प्रतिक एक जोडी सेतो परेवा उडाउन खोज्दै थिए। सैतै परिहन, सेतै परेवा, रमितेहरुको भीड। क्यामेराको क्लिक क्लिक। नेभा तटमा वातावरण रमाइलो थियो। मैले पनि केही क्लिक मात्र के गरेको थिएँ, दुलहीले समातेको परेवाले बिस्ट्याएछ। दुलही परेवा छाडौँला झैँ हाँस्न थालिन्। हाँसो सबैतिर छायो। परेवा भने उडाएरै छाडे। परेवा के उडेको थियो प्रेम प्रकट भयो। आपसमा अंकमाल र दोहोरो चुम्बनको त्यो दृष्य सायद मस्कोमा बन्द गरेको ताला खोल्ने अवसर थियो। झण्डै पाँच मिनेटपछि उनीहरु अलग भए।

म घर जाँदैछु

बाई बाई सलाम साथीभाइ म घर जाँदैछु
मुटुभरि साँचेर सबैको माया मसँगै लाँदैछु

भेट भयो बिरानो ठाउँमा भयो चिनाजानी
माफी दिनू गल्ती भए जानी वा अन्जानी

गजल

सम्पादकज्यू
majeri.com

majeri.com को म नियमित पाठक हुँ । मलाई यो पत्रिका एकदमै मन पर्छ । यहि पत्रिकाको प्रभावले मैले केहि गजल लेख्ने कोसिस गरेको छु । म आफ्नो गजलको श्रेय यहि पत्रिकालाई नै दिन्छु । लेख्न त मलाई त्यति आउँदैन गजल तैपनि मैले गजलको यो मासमा सानो एउटा गजल लेख्ने कोसिस गरेको छु । आशा छ यो गजल प्रकासन हुन्छ भन्ने । यो गजलमा केहि त्रुटि हरु हुन सक्छन कृपया त्यसको लागि म माफि चाहन्छु ।
मेरो गजल यस प्रकार छ ।

छाडन त छाड्यौ पि्रय चोट ताजै छ
म माथी गरेको त्यो खोट ताजै छ

खै किन अचम्मैले टाडिन खोज्दै थियौ
माया मारि त्यागेको विछोड ताजै छ

मझेरीमा लेख रचना प्रकाशन गर्दा..

श्रद्धेय पाठकवृन्द, लेखकवृन्द

पाठक लेखकहरूको सक्रियता सहभागिता तथा नियमपालनले नै मझेरीलाई स्वस्थ तथा साझा स्थल बनाउन सकिने कुरामा द्विविधा छैन। त्यसकारण मझेरीमा लेखरचनाहरू प्रकाशन गर्दा निम्न कुराहरूमा ध्यान दिनुहोला।

अन्यौलमा मेरो भाग्य "केरिएर" बन्यो

भुलेर न गजल झैँ जिवन शेरीयेर बन्यो
अन्यौलमा मेरो भाग्य "केरिएर" बन्यो

भए अशान्तिले मनमा अतिनै सतायो
जन्जालै जंजालमा जीवन "बेरिएर" बन्यो

फालौँ बिष त्यो

कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् ।
सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।।
चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी ।
आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। १ ।।

गजल

हुनेले त भन्छन् होला धन सँगै साट्छु माया
धन दौलत होइन मत मन सँगै साट्छु माया

जुग जान्छ भन्ने छैन पैसाले किन्या माया
यथार्थता झल्किएको तन सँगै साट्छु माया

तिम्रो माया

दियौ तिमीले धेरै माया त्यो मायाको 'मात' लाग्यो
छोडेदेखि मैले तिम्लाइ दिउसै पनि 'रात' लाग्यो

हुन्न भन्थेउ मायामा कोही सानो ठुलो
तर तिम्रो प्रिती साट्न मलाई 'जात' लाग्यो

Syndicate content

User Login (भित्र)

CAPTCHA
तलका शब्दहरु टाइप गर्नुहोस्।
Image CAPTCHA
Enter the characters shown in the image. Ignore spaces and be careful about upper and lower case.