Skip to content

गहन विचारहरू गर्भ भित्र नै तुहेको छ


बाहिर देख्दा राम्रो फर्सी भित्र कुहेको छ
देख्छौ होला हासी खुसी मन रुएको छ

घमण्डले फुल्लिनु नपरोस कोही पनि
आकाश छेड्छु भन्ने बास नुहेको छ

सर्वसाधारण दिन दिनै पर्दैछन् सकसमा
झन बजार भाउले आकाश छुएको छ

कुन कुन रसायनिक पदार्थको असर हो
गहन विचारहरु गर्भ भित्र नै तुहेको छ

२०६९-९-९

Leave a Reply

Your email address will not be published. Required fields are marked *