Skip to content

कता कता हराउने मान्छे म

कता कता हराउने मान्छे म
आफैभित्र रमाउने मान्छे म

खै के के सोच्छु कुन्नि?? घरी
आफैमा बरबराउने मान्छे म

फगत अजीव मान्छे बनेछु कि
समाजलाई तर्साउने मान्छे म

कसरी भित्र भित्रै मैलिए छु ?
चारैतिर गनाउने मान्छे म

सा सानो केहि कुरा पाउनु हुन्न
ठुलो ठुलो कुरा बनाउने मान्छे म

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *