चोखो माया मारेर जाने सम्झौता नगर
नफक्रिदै फूल झारेर जाने सम्झौता नगर
खडेरी थियो मन सुमन बनायौ तिमीले
बसाई अन्तै सारेर जाने सम्झौता नगर
थिए नदी बिच किनार पुगायौ फेरि
मझधारमा पारेर जाने सम्झौता नगर
न दोष तिम्रो यसमा न दोष थियो मेरै
प्रेम महल यो बिगारेर जाने सम्झौता नगर
दुनिया भन्थ्यो दुई दिनको बैश साट्ने खेल माया
ईतिहास लेख्नु छ हारेर जाने सम्झौता नगर