Skip to content

तीन मुक्तक (पिरतीको डोरी अन्तै, निको भाको, बन्धनले )


(१)
पिरतीको डोरी अन्तै, बाटी गए नि ।
मलाई छोडी नौ डाँडा, काटी गए नि ।
जुनीभरि मेरो माया सम्झी रुने छौ
मैले दे को गुन्यु चोलो, फाटी गए नि ।

(२)
निको भा को घाऊ पनि, चर्किय झैं लाग्यो ।
मैले हिड्ने बाटो पनि, थर्किय झैं लाग्यो ।
स्वार्थी यो दुनियाँमा कस्लाई विश्वास गर्नु,
विश्बासिलो काल पनि, तर्किय झैं लाग्यो ।

(३)
बाँध्न खोजेँ बन्धनले माया, बाँध्न सकिएन ।
सामान खाँधे जसरी मनमा, खाँध्न सकिएन ।
नसा बनी बग्यो माया, मेरो रगतभरि
फुटाई मुटु मुखले रगत, छाध्न सकिएन ।….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *