बिहान नभै बतासले शीत किन सुकाइदिन्छ
जस्तै मेरा पीरहरूले गीत सबै लुकाइदिन्छ
छायाँ परे परे जस्तो चेहराको ऐनाभित्र
कहिलेकाहीं बिर्सी दिन्छु, बितेका अनेक चित्र
कसैले हारी सके, जिती सके जिन्दगीमा
म पनि त जितुँ भन्छु कसले कसले बिर्साइदिन्छ
बिम्ब झरे झरे जस्तो फूल भित्र तरेलीमा
कहिलेकाहीं अल्झिदिन्छु, आँशु भित्र परेलीमा
मलाई पनि कतैतिर माया लागे जस्तो हुन्छ
सम्झिएका व्यथा सबै कसले कसले बिर्साइदिन्छ
शब्द : नगेन्द्र थापा
स्वर : नारायण गोपाल
संगीत : गोपाल योन्जन