Skip to content

फलाम होइन मेरो माया

  • by


फलाम होइन मेरो माया खिया लागी जाने
कागज होइन मेरो माया बतासले लाने
दरो गरी छातीभित्र छोपिराखेको छु
तिमीलाई दिन भनि बोकिराखेको छु
झट्टै आऊ है माया !
कुरी बसुँला
डाँडा काटी नजाऊ माया सँगै हाँसुला

काँच जस्तो होइन माँया प्याट्ट फुटने
ढुंगा माटो होइन माया बाडी पैरो जाने
कति बसुँ पर्खिएर छिट्टै आउ है
कागजको झटारोले हान्दै गर है
जून जस्तो हैन माया घट्दै सानु हुने
तारा जस्तो चम्की चम्की बस्छ मेरो माया
झट्टै आऊ है माया !
कुरी बसुँला
डाँडा काटी नजाऊ माया सँगै हाँसुला

२०५९।५।४

Leave a Reply

Your email address will not be published. Required fields are marked *