Skip to content

दशैँ आयो दशैँ आयो


दशैँ आयो दशैँ आयो भन्दै भन्दै
सब केटा केटी दिन बेला गन्दै
मनिस सब केटा केटी आनन्दै
अनि सब खुसीसम्म पनि बन्दै

केटा केटी भन्छन् अब आयो दशैँ
गरिब भन्छन् अब हाम्रो बसैँ
धनी चैँ भन्छन् दशैँ नै राम्रो
गरिब भन्छन् यो दशैँ नराम्रो

दशैँमा सबै हँसिला भई हिड्दछन् वरपर
पिङ्ग खेल्नलाई जान्छन् अलिक पर पर
रसिला छन् सबै पिङ्ग खेल्न भनी गएका
सबै त्यसै दशैँमा सुखैसँग बसिरहेका

लुगा र अरु सिगर्ने चिज बटुल्दछन्
साथीभाइ सँगमिली खुसीले भुल्दछन्
केहीबेर पछि भोक लागो भनी घरमा फिर्दछन्
आमाले तिनको मनलाई अब……………….

– स्व कर्णबहादुर माझी

(यो कविता २०३४ साल भाद्र महिनामा लेखिएको हो |)

Leave a Reply

Your email address will not be published. Required fields are marked *