Skip to content

भत्कियो मनका अनेक रहर

  • by

भत्कियो मनका अनेक रहर, सकियो
थियो पक्कै एउटा सुन्दर घर, सकियो

प्रजातन्त्र गणतन्त्र जुनतन्त्र आए पनि
फेरिएन जनताको जीवनस्तर, सकियो

मूर्ख थियौं केरा भित्र देश राखेर दियौं
त्यो वनकर बाँदर रहेछ बाँदर, सकियो

एउटा देश सपनाको बाटोमा सवार थियो
अचानक बहुलायो ड्राइभर, सकियो

सुन्नुहोस सरकार गरीब मरेको समाचार
शीतलहरमा काँपिरह्यो थर्थर, सकियो

✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *