Skip to content


पराईसँग उनी हिड्दा चल्यो मनमा हुरी
विति गाका दिनहरु याद आयो फेरि ।

आँसु रोक्न खोज्दा किन झर्छ मूल फुटी
रातभरि जागै हुन्छु सधैँ हुन्छ छटपटी
मेरो मनको राजा भन्दै बस्थिन् बाटो कुरी
विति गाका दिनहरु याद आयो फेरि ।

कसलाई भनु मनको कुरा वह कहाँ पोखुँ
छचल्किएर बग्छ आँसु कसरी म रोकुँ
बिसु्र भन्दा उनकै याद आउँछ घरि-घरि
विति गाका दिनहरु याद आयो फेरि ।

www.kshitizpara.blogsome.com

2 thoughts on “पराईसँग उनी हिड्दा”

  1. छाडी जाने निठूरीलाइ सम्झी
    छाडी जाने निठूरीलाइ सम्झी बस्नु किन ?
    जाना जानी लोभिएर जालमा फस्नु किन ?

  2. भन्नलाई सजिलो वेइमानीको जालमा
    भन्नलाई सजिलो वेइमानीको जालमा फस्नु किन
    छाडेर जानु थियो उसले अंगालोमा कस्नु किन

    Thanks
    Benami Sathi

    Kedar Shrestha’Gagan’

Leave a Reply

Your email address will not be published. Required fields are marked *