Skip to content

मौरीको मह र प्रकाश बुढाथोकी


बिक्रम सम्बत २०३३ साल जाडो महिना मंगसिरको सुरुवातसँगै हामी हिमालय माध्यमिक विद्यालयबाट एस.एल.सी. परिक्षाको तयारीको लागी संयुक्त पढाइ कार्यक्रम चलाउने उद्धेश्यले म, प्रकाश बुढाथोकी, सर्वधोज निरौला अनि कृष्णलाल मिश्र मिलेर चौहान बाको चारधुरे घरमा डेरा लिएर बस्यौं । किनभने मेरो घर हालको वार्ड न. १४ को पुछारमा थियो, सर्वधोजको बाघखोर र कृष्णलालको १५ न. वडामा थियो प्रकाशको घर वडा न. १० भए पनि त्यो बेला यातायातको असुविधाको कारणले ट्युसन आदि पढ्न संयुक्त राम्रो हुन्छा भन्ने बिचारले डेरा लिएर बसियो । घर छोड्ने रहर, बजार बस्ने रहर अनि साथीभाइको महत्वको उमेरले पनि होला हामीलाई कहिले घर छोडौ जस्तो पनि भएको थियो । यिनै स्वार्थहरूले हामीलाई एकै ठाउमा बस्ने ब्यबस्था समयले गरायो । चौहान बाको घर छेउमा ठुलो चौरी थियो तारबारले घेरा बार गरिएको जो अहिले दमक नगर पालिकाले सब्जी बजार को ब्यबस्था गरेको ठाउ हामीलाई खेल्न ज्यादै सजिलो थियो त्यो ठाउ, त्यहाँ गएर हामी भलिबल खेल्थ्यौ, बिहान उठेर खान बनाउने अनि केही छिन पढ्ने दिउसो खेल्ने निरन्तरता बनेको थियो हाम्रो, हामीले त्यहाँ खेल्न थाले पछि सडक विभागका हाम्रा साथीहरू पनि खेल्न आउथे जसले गर्दा हाम्रो भलिबलको टिम पुग्थ्यो ।सडक विभागमा हामी सँगै पढ्ने साथी रामु सुनुवार, माइ धारबाट आएको अर्को मित्र देवी प्रसाद बारकोटी अनि भैया जी, भिम गुरु, बद्री त्यहाँ खेल्न आउथे साथै साना केटाकेटीहरू पनि उनीहरूको आफ्नै खेल खेल्न आउथे बडो रमाइलो हुन्थ्यो दिनभर ।

हाम्रो निरन्तरता बिहान उठ्नु दैनिकी कार्य पछि खानपिन पढाइ अनि खेल्नु थियो । एक दिनको कुरा हो त्यो दिन धेरै ओटा दशाहरू जोडिएको दिन रहेछ हाम्रा मित्रहरूलाई भयो के भने बिहानै उठेर प्रकाश बुढाथोकीले स्त्री (iron ) तताएछन त्यो बेला बिजुली थिएन कोइलाले तताउनु पर्थ्यो अनि प्रकाशलाई कपडाहरू चिटिक्क पारेर लाउनु पर्थ्यो सोहि बमोजिम फुर्ति देखाउथे प्रकाशले, तताएको स्त्री प्रकाश यसो बाहिर निस्किएको बेला मौका छोपेर मित्र कृष्ण लालले आफ्नु पेन्टमा मौका परस्ती गरेछन भर्खरै धरान ड्रेसको टेलर्समा सिलाएको पोलिस्टर को पेन्ट को स्त्री बराबरको भाग तातो फलामले खाइदिएछ, रुन्चे अनुहार देखेपछि थाहा भयो मौकाको फाइदा दिनभर साथीको रुन्चे अनुहारले बताई रहेको थियो हो पनि बिद्यार्थी जीवनमा पैसाको अभावमा कानी कुथी जोडेको कपडा डढेर सकियो शोक सभा मनायो साथीले त्यो दिन पोलिस्टर को पे न्ट को हामी खुब हास्यौं त्यो दिन ………प्रकाश भन्दै थियो अल्छेको तिघ्रामा तातो परेछ हा ..हा – हा.. चक चके का चाक्ला … खुब रमाइलो भयो हामीलाई आखिर उमेर र समय त हो नि …. ।

अर्को दिन फेरि हामी निरन्तर काम पछि खेल्न निस्कियौ देवी बारकोटीले त्यो चौरीमा भएको सखुवाको रुखमा भलिबललाई फूटबल खेले छन् त्यहाँ खागो थियो हामी जोगिएर खेल्थ्यौ तर त्यसदिन जोगिन सकिएन खागोमा फूटबल भएको भलिबलले लागेछ सबै खागोहरू हामी माथि खनिए भागम भाग भयो हाम्रो कोठामा पुगेर हामी सिरक भित्र पस्दा पनि खागोले छोडेको थिएन, भिम गुरुजी जसलाई हामी भिम दाइ भन्थ्यौ उनको छोरो पनि त्यसदिन त्यहा खेल्दै थियो बिचरा त्यो बालक रनभुल्लमा परेछ सबै कुदेको देखेर ऊ पनि कुदेछ तर भए जति खागोले टोकेछ हामी केही क्षन पछि उठेर हेर्दा चौरीमा लडिरहेको थियो त्यो बालक जसको नाम महेश थियो सडक विभागको गाडीमा हालेर बिराटनगर उपचार गर्न लगियो धन्न ३ दिन पछि त्यो भाइको होस् फर्कियो धन्न बाँच्यो त्यो भाइ आज पनि त्यो घटनाले कतै खागो देंखे भने सम्झना गराउछ अनि मनमा कतै यसले आक्रमण त गर्दैन भन्ने लाग्छ – महेश भाइ मोडर्न ब्युटी पार्लरमा भेट्दा म छक्क परें भेटेर खुशी लाग्यो ……..त्यसै प्रसंगमा हाम्रो अर्को साथी रामु सुनुवार त्यो चौरीको ओरिपरि कुदेको कुदेइ रहेछन किन कुदेको भनेर हामीले सोध्यौं उनी भन्दै थिए तिमीहरू सबै कुदेको देखेर कुदेको केले टोक्यो टोक्यो मार्न लाग्यो यार भन्दै थिए दुख अर्कोलाई परे पनि खुब हान्सियो आखिर उमेर त् रहेछ नि के गर्नु दुखमा पनि हासियो।

….केहीदिन हामीले त्यहा खेलेनौ एकदिन हेरेको त्यो खागोले आफ्नु घर छोडेर भागेछ हाम्रो भाग्य पल्टियो मैदान फेरि आफ्नै भयो खेल्न थालियो त्यहि चौरीमा अर्को कुम्भिको रूख पनि थियो एक दिन खेल्दा खेल्दै सुस्ताएर म त्यो कुम्भिको रूखको फेदमा आराम गर्न बसेको थिएँ त्यहाँ मौरिरहेछ त्यो कुम्भिको रूखमा टोडको थियो त्यहि भित्र त्यसले आफ्नु घर बनाएको रहेछ मैले अठोट गरे आज राती मौरी काढ्नु पर्छ भनेर मलाई मौरी काढ्न रहर लाग्थ्यो घरमा म मौरी काढ्थे मलाई थाहा थियो मौरी कसरि काढ्नु पर्छ भन्ने अनि प्रकाशलाई भने उनले पनि बेलुकी रात परे पछि साथ् दिने कुरा गरे सर्व धोज्ले पनि हुन्छ भने कृष्ण लाल डरले आएनन हामी राती बाल्टी लिएर आयौ, अलिक अग्लो थियो त्यो जमिन देखि केही माथि थियो पढ्दा प्रयोग गरेको टेबल लिएर आए प्रकाश र सर्ब धोजले त्यो टेबलमा चढेर मैले मह निकाल्न थाले मौरी काढ्न सजिलो हुन्छ मुखमा अदुवाको टुक्रा चबाउदै फुक्नु पर्छ अनि मौरीले आफ्नु घार छोड्दै जान्छ बिस्तारै हातले त्यो चाका समाएर हतियारले काट्नु पर्छ मैले त्यो कला प्रयोग गरे सजिलै मह काढियो ४।५ ओटा चाका रहेछन बिस्तारै पालै पालो काढ्दै गएँ अनि प्रकाशले थापिरहेको बाल्टीमा हाल्दै गरे सर्ब धोज्ले टेबल समाइरहेको थियो प्रकाशलाई मैले पहिले पहिले जानेको कुरा भन्दै थिए मह नचढाइ खानु हुन्न है भनेर मैले त्यहि जानेको थिए त्यहि भन्दै चाका निकाल्दै थिएँ अकस्मात प्रकाशको मुखबाट आत्थानी मार्योनी भनेको सुने मलाई डर लाग्यो रातको बेला रूख मुनि कतै सापले त साथीलाई डस्यो कि जस्तो लाग्यो सबै मह नकाढी कनै टेबलबाट तल उत्रेर सोधें के भो प्रकाश भनेर सोधें अनि पो छक्क परें साथीले त अगिनै एउटा चाका सिध्याई सकेछ त्यसमा रहेका मौरीले जिब्रोमा टोके छन् अनि पो आत्था भनेको रहेछ चढाउनु त पर्छ नि भन्दै सामान्य रूपमै हामी बाल्टी को मह लिएर कोठातिर लाग्यौं ।खुब हास्यौं मजा गर्यौं प्रकाशलाई चोरेर साथी हरूमा भाग नलगाई खाँदा कस्तो हुदो रहेछ भनेर मौरीले जिब्रोमा टोकेकोमा मजा लियौं, केही क्षन पछि जिब्रो सुन्निएर आयो मुखमा जिब्रो न अटला जस्तो भयो अब सास फेर्न नै गारो भो प्रकाशलाई हाम्रो हसाइ रुवाइमा परिणत हुन आट्यो तर मौरीको डंकाको डाहा महले नै ठिक हुन्छ भनेको सुनेको थिए अनि मह खान दियौं त्यो पछि केही सामान्य हुदै गयो तर प्रकाश त्यो डंक को डाहाले रात भर सुत्न सकेनन धन्न बाँचे त्यसैमा हामी खुसी भयौं त्यो घटनाले हामीलाई धेरै दिनसम्म हसाइ रह्यो । त्यो दिन थाहा भयो चढाएर खानु पर्छ भन्ने कुरा चढाउदा चाका हेरिने थियो अनि मौरी नभएको चाका खाइन्थ्यो त्यो दुर्घटना हुने थिएन।

त्यसैले हाम्रा पुर्खाका हरेक भनाइ हरूमा विद्वता लुकेको हुन्छ भन्ने कुराको ठुलो अनुभव हामीलाई भयो त्यो घटनाले धन्य त्यो तातो स्त्री, धन्यो त्यो खागोको गोलो अनि धन्य त्यो मौरीको मह होइन त प्रकाश, महेश भाइ, कृष्ण लाल अनि सर्ब धोज अहिले पनि मलाई कहिले कहिँ ती घटनाहरूले हसाइ रहन्छ ।

क्यालिफोर्निया

First published in Majheri on : 2013-03-07 08:12:08 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *