Skip to content

दिन ढलेपछि

  • by
LakpaSherpaSamarpit

यो मनै चिसो भयो शिरशिर बतास चलेर
आज तिम्रो याद आयो फेरी यो दिन ढलेर

मानिसको जीबनमा उकाली ओराली हुने
एक्कासी टक्क रोकिए म शरिर यो गलेर

किसानको जीबन खेतबारी बालीमा हुने
कत्ती खुशी हुन्छ जब अन्नको दाना फलेर

जीन्दगीमा कत्ति मिहेनत गर्छन संसारमा
खुशीहरू भुल्छ उसले मनमा आगो बलेर

– लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ
हाल, धनगडी कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *