Skip to content

आज भैली खेल्ने दिन

हे…..भैली त भैली भन
भैली त स्वर मिलाई कन
भै..ली….
भैली.. कथैबरा, तिन दिने तिहार
भैली त गयो हजुर
भै..ली ….
भैली…भैलीनीले, दिएको आशिष
भैली त लागोस ह्जुर
भै….ली…
भैली… बर्ष भरी, सोचेको पुगोस
भैली त सत्रु सबै, पाखा लागुन
भै…ली ….
भैली… लक्ष्मीले, बासै गरुन
भैली त भगवान जति, दाईने हौन
भै..ली…
भैली…कोमल चरणमा, रोग नलागोस
भैली त सुख अवास
भैली त शान्ति छावस
भै..ली….

हे…बांकी गीत गाऊंने छु, अर्को तिहारैमा
मरिन्छ की बांचिन्छ, आउने सालैमा
हे…देउशी भैली खेलियो, भाईको तिहारैमा
बांचे भेट अर्को साल, मरे यतिकैमा

अनुरोध :- युनिकोडमा श्रीविन्दु, ग्यानीको ग्या, पर्योको र्याप र संजाल, श्रद्वान्जली लेख्दा या कसरी लेख्न सकिन्छ होला ???

1 thought on “आज भैली खेल्ने दिन”

  1. उदासी जी, आज भाई टिकाको
    उदासी जी, आज भाई टिकाको शुभकामना, फेरी पनि भैलिको गित लिएर दोस्रो पटक पनि यो हाम्रो साझा,
    “पानि भर्ने पधेरी, भेला हुने मझेरीमा”
    आउनु भएछ अनि
    “नमार बाचे दैबले साचे आघुंग साल भेटौला,
    भेट्को बेला सारंगी रेटौला,
    भैली देउसी गाएर तिर्सना मेटौला,
    तर अर्को साल चाही पहिला हामी चेली बेटीको
    भैली अनि मात्र दाजु भाइको पालो हे ..हे …हे .. बिदा !!!
    मिना बान्तवा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *