Skip to content

धेरै छ यहाँ मान्छेले (झ्याउरे गजल)


धेरै छ यहाँ मान्छेले गर्ने गरेर सकिन्न
जिन्दगी रैछ दु:खको खोला तरेर सकिन्न ।।१।।

हावाले लग्यो खुशीको थुँगा कोपिला नफक्री
आँकुरा हाल्दै पलायो फेरि झरेर सकिन्न ।।२।।

हुने त्यो छोरो धुलो र मुलो चाइन्न ओखती
लेखेको आयु बायुले खान्न मरेर सकिन्न ।।३।।

विबेक हिन मान्छेले अति गर्दछ घमण्ड
ओखती हुन्न मुर्खको केही लरेर सकिन्न ।।४।।

मर्दा के लन्छौ ए लोभी मान्छे बेरेर कात्रोमा
लोभको भाँडो ठुलै पो हुन्छ भरेर सकिन्न ।।५।।

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

First published : 2013-04-30 03:24:38 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *