Skip to content

बच्चा फुल्याउने लोरी (गीत)

  • by


१)
हाम्रो सानो बाबु
हाम्रो सानो नानी ।

२)
बाबु पनि राम्रो
नानी पनि राम्रो ।

३)
नानी धेरै सानी
बाबु धेरै ज्ञानी ।

४)
बाबु माम खाला
मामाघर जाला ।

५)
नानी खेल्ने रेल
पुतलीको खेल ।

६)
छमछमी नाच
सयवर्ष वाँच ।

७)
मीठो पापा खाऊ
सफा नाना लाऊ ।

८)
ताते ताते गरी
हेर राम्रो चरी ।

९)
बुबु माथि तर
अब नुनु गर ।।

१०)
एउटा गीत गाऊ
यतातिर आऊ ।

चूडा निर्भीक
आँपपिपल ७ गोरखा
हाल – काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *