Skip to content

आजभोलि उसैलाई आँखाहरू

  • by


आजभोलि उसैलाई आँखाहरू खोजिरन्छ
गुनगुनाउन ओठ मेरो भाकाहरू खोजिरन्छ

लाखौं छाडी उसैलाई मनपराएको धेरै भयो
यतै कतै हुने च्याङ्बा हराएको धेरै भयो
रित्तो छु म रित्ता सबै पाखाहरू खोजिरन्छ
गुनगुनाउन ओठ मेरो भाकाहरू खोजिरन्छ

दु:ख सुख साट्ने मेरो एउटा थियो असल मित्र
उन्कै नाउँमा धड्किरन्थ्यो मुटु मेरो छातीभित्र
छाती चिरी बग्न रगत शाखाहरू खोजिरन्छ
गुनगुनाउन ओठ मेरो भाकाहरू खोजिरन्छ

आजभोलि उसैलाई आँखाहरू खोजिरन्छ
गुनगुनाउन ओठ मेरो भाकाहरू खोजिरन्छ

बिना तामाङ’सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *