Skip to content

तीन मुक्तक (विर्सन्न कहिल्यै,आखाँ भरी,तिम्ले घात गर्दा हाँसे)

BharatTimalsina-02

(१)
धर्म यो मेरो कर्म यो मेरो,विर्सन्न कहिल्यै ।
दूधको भारा कम्बर कसी,तिर्नेछु पहिल्यै ।
छातीमा राखी हुर्कायौ तिम्ले,दुर्बल मैं हुदाँ
रहुन्जेल स्वास गर्नेछु सेवा,भूमिको जहिल्यै ।।

(२)
बोकेको छु नमेटिने याद आखाँ भरी ।
टाढा भयौ मायाको भागवंण्डा गरी ।
बितेका ती तिता मिठा याद जलाएर
खुसी हौली पराई कै आँगनीमा सरी ।

(३)
तिम्ले घात गर्दा हाँसे ,रोइन कहिल्यै ।
तिम्ले झैं चरित्र आँसुले, धोइन कहिल्यै ।
सत्यबती भैं,बेरीयौ पराई अँगालोमा
अनि भन्यौं दुनियाँलाई, छोइन कहिल्यै । …….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *