Skip to content


मेरो पनि बजार छ
बिक्री बट्टा हुदो छ
किन कि म त गर्म छु
चाहना छ अघोर,
झुक्छ को र चञ्चल!
भागी जाने शर्म तुँ
पछ्याएर पछ्यौरी
खिस्काउँछ हावा ती
उक्लिएर देखिन्छन
भर्खर्का मनजरी !
पागल बन्दै बतास
किन हुन्थियो हतास
समाएर बाँहुमा
पछार्दछ आङ्मा
शैल सुधा शान्त भो
मन्द मन्द प्रकाश थियो
समिरको चाल पनि
छालबाट हतास भो !
वायुवेग हतार थियो
कस्तो कस्तो पगार थियो
दिव्य चक्षु,मोहको
त्यो त एक शृंगार थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *