Skip to content


मेरो देशमा
महंगी बढेको छ
रोग बढेको छ ।

कहिले बढ्दैन
नेतालाई महंगी
कहिले हुदैन
व्यापारीलाई महंगी
कहिले छुदैन
कर्मचारीलाई महंगी ।

यिनीहरूलाई रोग नै लाग्दैन
लागे पनि यिनीहरू
उपचार गर्न पारि पुग्छन्
नभए
राजधानीको ठुलो अस्पतालमा
भर्ना हुन्छन् ।

जो बर्ष भरि नै, श्रम गर्छन्
उनीहरूलाई नै, महंगी लाग्छ
जो हिमाल, पहाड, तराइमा
अहोरात्र पसिना बगाउछन्
उनीहरूलाई नै, रोग लाग्छ।

सीमानामा देशलाई शिरानीमा
राखी जागा बस्नेहरूलाई
देशको अस्मितालाई प्राण ठान्नेहरूलाई
काठमाडौंले सधै आँखा चिम्लेर पुग्छ र अब?

हो ;
केही सुकिला मुकिलालाई छोडेर
मेरो देशमा
महंगी बढेको छ
रोग बढेको छ ।

अस्तु :

@विवेक दुलाल क्षेत्री “दमक”
अबुधाबी, यू ए इ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *