Skip to content

निकै टाढा पुगिएछ


निकै टाढा पुगिएछ फर्केर हेर्दा
साथ सबै छुटिएछ फर्केर हेर्दा

जति हिंडे नि घर भेटिदैन के भो
घरको बाटो भुलिएछ फर्केर हेर्दा

खुशी छु भन्थेँ तर आँशु पो झर्छ
भित्र-भित्रै दुखिएछ फर्केर हेर्दा

चल्दै थियो ढाँट्ने र लुट्ने खेल
लौ ‘सञ्जय’ लुटिएछ फर्केर हेर्दा

– सञ्जय जुग्जाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *