Skip to content

बदनाम मै माथि किन


मान्छेले यहाँ गलत बनाउन खोज्दैछ
बदनाम मै माथि किन गराउन खोज्दैछ

कलम बोक्ने त्यो हातले यो अभागी माथि
बोकेर हतियारहरू जुरमुराउन खोज्दैछ

गर्ने बेलामा गरेछ सबै मिलेर शराद्ध
पिण्डो दिइसकेपछि वहुलाउन खोज्दैछ

बाँचिरहने ठूलो आश बनायो जिउँदो लाश
मलामीहरू जुटाएर उठाउन खोज्दैछ

जसले हिजो खुसी दियो उसैले ज्यान लिंदैछ
विराम के थियो मेरो ? किन जलाउन खोज्दैछ ।

– © मानन्धर अभागी ।

फेसबुक लिंक : https://www.facebook.com/manandhar.abhagi

Leave a Reply

Your email address will not be published. Required fields are marked *