Skip to content

अतित नसम्झाऊ


अतित नसम्झाऊ भविष्यको स्वप्न जर्जर हुन्छ
सत्य निडर हुन्छ सधैँ असत्य नै काँतर हुन्छ ।

म पत्थर कुँदेर मूर्ति बनाउछु पेटको सवाल हो
म तिरस्कृत हुन्छु तर पूजनीय त्यो पत्थर हुन्छ ।

जमाना खराव छ साथी विचार गर्नु मित्रता गर्दा
तिम्रो खल्तीमाथि मित्रताको आयु निर्भर हुन्छ ।

प्रसवपीडा के हो? मात्र आमालाई थाहा हुन्छ रे
सिर्जनामा रमाउ तिमी तिम्रो कलम प्रखर हुन्छ । ।

हेर्दै गर्नु होला यस्तो समय नि सायद देखिएला
यहाँ बाँदर मान्छे हुन्छ अनि मान्छे बाँदर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *