Skip to content

म नेपाली हुँ मेरो गौरव


म नेपाली हुँ मेरो गौरव अनि शान लेख्नुछ
झुक्दिन म बैरी सामू यही अडान लेख्नुछ

बुद्ध, सीता, सगरमाथा, सारा संसारले चिन्दछ
यिनकै कारण हाम्ले पाको सम्मान लेख्नुछ

एउटै भूगोलभित्र तराई, पहाड, हिमाल छ
प्रकृतिले दिएको सुन्दर बरदान लेख्नुछ

सबको भगवान एउटै मात्र स्वरुप विविध हुन्छ
यिनकै उपज भागवत, मोलम, रमजान लेख्नुछ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *