Skip to content

तिम्रै माया संगालेर पर्खी बसेकी छु


तिम्रै माया संगालेर पर्खी बसेकी छु
हाँस्दा हाँस्दै धेरै पल्ट रुँदै खसेकी छु

मिलनको पर्खाइमा बस्नु सारो रै’छ
चाहनाको भूँमरीमा सधैँ फसेकी छु

एकान्तमा यादसँगै हराएर बस्दा
तिम्रो छाँया अंगालोमा धेरै कसेकी छु

सम्झनाको भेट भरी सर्माए झैं गरी
तिम्रो मन मन्दिरमा लुक्दै पसेकी छु

यथार्थमा आँसुहरू छुपाएर मैले
अधरमा बनावटी हाँसो घसेकी छु

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *