Skip to content


टक्र्याई एउटा शब्द सस्तो, आऊ कि म तिमी सामु
कि छाँया त्यो तिम्रो प्रसंशाले, गाऊ कि म तिमी सामु

जुनकिरी चम्केझै अँधेरीमा, प्रसन्न मन झैँ जुनेलीमा
चुलबुल यौवनको मिठो प्रीति, लाऊ कि म तिमी सामु

सपना जस्तै छौ तिमी पनि, तिमी जस्तै हुदो हो सपना!
चोरेर रात तिम्रो निदरिमा, आऊ कि म तिमी सामु

गलत हुन स्वीकार्छु आँखा मेरो, मनले अह्रायो धरोधर्म
प्रेम यो मुछेर बाहानाले, धाऊ कि म तिमी सामु

कुन नियत तयार छ लुट्न तिम्लाई, नतमस्तक दृष्टिहुन सबै-सबै
दया गर्न सिक! बरु कसम, खाऊ कि म तिमी सामु|

-अनिश्चित यात्री (कमल लिम्बु)
कुरुले-३, धनकुटा
हाल: मलेशिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *