Skip to content

तितो यथार्थ – देशको


निकै पुरानो कुरा
देशले सिंहहरू पालेको थियो
तिनीहरू
काँचो मासु खान्थे -जनताको,
१०४ वर्ष ।

हिजो अस्तिसम्म
देशले सेतो हात्ती पालेको थियो
उसले जनताले खाने खाना सबै खान्थ्यो,
१३७ वर्ष ।

अहिले
देशले भेडा-बाख्रा पालेको छ
उनीहरू
मुना नपलाउदै खादैछन् देश,
४६ साल पछि लगातार ।

र त
उजाड उजाड
खडेरीले खाएको भस्मे जस्तो
हेरी नसक्नु काल्ठुटा भएर
हैरानले उभेको छ -देश ।

२७ जनवरी २०१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *