Skip to content

अफ्रिकाको कम्पाला – नैरोवीका केही महत्वपूर्ण स्थानहरुको यात्रा संस्मरण


अफ्रिका महादेशमा थुप्रै देशहरू छन् । केही देशहरू मोजाम्बिक, रुवाण्डा, कंगो, सोमालिया, शेरालियोन, लाइबेरिया, सुडान जस्ता देशहरूमा आन्तरिक वा जातीय दङ्गाका कारण राजनीतिकअसन्तुलनका कारण संयुक्तराष्ट्र्संगमार्फत मिशन संचालन गरी रुवाण्डा, शेरालियोन, मोजाम्बिक जस्ता देशमा पुन शान्ति कायम भइसकेको छ भने लाईबेरिया, सुडान, चाड जस्ता देशहरूमा अँझै मिशन कायमछन् । सुडानको डारफरमा पनि UNAMID (युनाईटेड नेशन हाइब्रिड मिशन एण्ड अफ्रिकन मिशन इन डारफर) संचालन भएको छ ई सं २००७ देखी यसै शिलशिलामा विश्वका विभिन्न देशका प्रहरी, आर्मी तथा सिभिलयनहरू सहभागी हुन आएका हुनछन् ।

नेपालबाट पनि सहभागी हुन नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी, तथा सिभिलियनहरू सहभागि छन् । अफ्रिका कै कुनै मुलुक यस्ता छन् जुन नेपालभन्दा पनि स्तरीय र मननीय पनि छन् यस्ता देशहरूका भ्रमणले आफ्ना देश र यी देशहरूमा के भिन्नता पाइन्छ भनेर तुलना गर्ने र कमीकमजोरी लाइसुधार गर्ने मौकाहरू पनि पाइन्छ । यसै शिलशिलामा अगस्त १५ तारिक २००९मा तीनजना नेपाली अधिकृतका टोली भ्रमणमा गएको थियो । । शनिबार १०४५ बजे डारफरको अलफाशेरबाट यु.एनको फाईटद्धारा युगाण्डाको एनथेबे तर्फ प्रस्थान भयो । उक्त दिन जम्मा ११ जना मात्र यात्रु थिए झण्डै ९० प्रतिशत जहाजका सीटहरू खाली थिए । युगाण्डाको कम्पाला शहर फोटोमा ।

जहाज उडेको झण्डै आधा घंटादेखी नै हरियाली र छरिएका बस्तीहरू देखिन थाले । मरुभूमि र सुख्खा स्थानहरूबाट पार भएकोले होला माथिबाट देखिने दृश्यहरू रमाइला लाग्न थाल्यो, त्यो जहाज कहिले बादल भित्र कहिले बाहिर लुकामारी खेल्दै अगि बढिरहेको थियो । तीनजना नेपालीहरूसँगै बसेका थियौं, दुई जना महिला अफ्रिकन अगाडि विशिष्ट कक्षमा बसेका थिए । अन्य ६ जना एता उता छरिएर बसेका मध्ये एक जना अफ्रिकन फोटो खिचिरहेको थियो । बादलका माथिका तहका बादल मात्र जहाज लु्काउन र देखाउन सक्थ्यो ।

हरेक बस्ती सेता टल्केका जस्ता र छरिएका कयौं बस्ती, धागो जस्ता कयौं लामा लामा बाटो अग्ला होचा, पूरै हरियाली जमिन पार गर्दै एन्थेबे पुग्न लागेको थियो, जहाज एक्कासि तल झरेको जस्तो भयो पूरै कुहिरोले ढाकिएको अन्धकारमा प्रवेश गर्यो, अगाडि बसेका महिला एक्कासि चिच्याएर कराउन थाले, जहाज कहिले तल कहिले माथि गर्दै बेस्सरी हल्लिन थाल्यो । हामी पनि सोच्न थाल्यौं जहाज असामान्य अवस्थामा गयो भनेर । तर केही सेकेण्डमै, कुहिरो कट्यो र सफा अकाश देखियो र ठूलो ताल देखिन थाल्यो ।

बिस्तारै तल झर्दै तालमै छोयो छोयो जस्तो गरेर धावन मार्गमा टेक्यो, त्यतिबेला ठूलो पानी परिरहेको थियो । चिसो र स्यांठ प्रशसतै थियो बिस्तारै जहाज धावनमार्ग पार गरेर आगमन कक्षतिर लाग्यो, हामी भिज्दै गाडीमा चड्यौ । परेको पानी छडेके हुदै छातापनि ओड्ने संभव थिएन १३३० बजेको थियो विमानस्थल सफा थिएन । लाइन बद्ध भएर हामी बहिर्गमन हुने प्रकृयामा लाग्यौं अफिसियल पासपोर्टमा प्रवेशआज्ञा विसा को छाप लगाएपश्चात आगमन ढोका हुदैं बाहिरिन लाग्यौं । वर्षादको कारणले होला धेरै टयाक्सी चालकहरू ओत लागेर बसेका थिए ।

एक जना टयाक्सी चालकसँग कुरा भयो कम्पाला जान ४० कि.मी. पर्दो रहेछ २० अमेरिकन डलरमा तय भयो । कार्लटन होटलसम्म लगिदिनु पर्थ्यो । त्यो होटेलको बारेमा पहिले नै गएर आउनु भएकासाथीहरूबाट जानाकारी लिइ सकिएको थियो । बीच बाटोमा डलर साट्न गयौं १ डलर बराबर २०३० सिलिङ्ग १०० डलरको दुई लाख तीन हजार सिलिङ्ग आयो । थुप्रै भई तले घरहरू, चौडा बाटो, पठारी जमीन, केही अग्लो केही होचो, प्रशस्त केराकोबोट, हरियाली, अधिकतम घरहरू इटारङ्गको टायलहालेको, प्रशस्त सानागाडीहरू, कि ठूला ठूला १८/२२ चक्के ट्रक कहीं कहींजाने र आउने बाटोको वीचमा क्यारीले छुट्याएको । पानी पर्दै गर्दा लाग्थ्योकुनै रमाइलो शहरमा पुगियो । हामी कोही पनि दृश्यावलोकनमै मस्त थियौं, कोही पनि बोलेका थिएनौं ।

टयाक्सी ८०/९० को रफ्तारमा कुदिरहेको थियो । युगाण्डाको ती मनोरम बस्तीहरूले हामीहरूलाई स्वागत गरिरहेको थियो । बीचमा स्कुल र कलेजका भव्य महलहरूपनि देखिदै थियो । अफ्रिकन मान्छे देख्दा हामीलाई त्यति आश्चर्य थिएन, किनभने डारफरमा प्रशस्तै हेलमेल भइसकेको थियो । मान्छे देख्दा आश्चर्य त सन् २००४मा लाइबेरियामा भएको थियो । घुमेको कपाल, अंगार जस्तो तर टलकने, हाम्रो बावा आमाले भूत आउछ भनेर तर्साएको जस्तो हुन्थ्यो यदि साच्चै अंधेरोमा हेर्ने हो भने । तर पछि पछि आंखाले बानी पारेपछि त्यही पनि राम्रा लाग्न थाल्दो रहेछ, त्यसकारणले मान्छेले युगाण्डामा आकषर्ण बडाएन जति अन्य दृश्यहरूले ध्यान खिचेको थियो ।

बाटोको साईडमा कम्पाला कति टाढा छ भन्ने सूचना दिईएको थियो । २० कि.मी /१५ कि.मी आदि आदि हुदैं ५ कि.मी. बाकी हुदैदेखी घुइचो हुन थाले पनि यो गाडी र मान्छे भडि छिचोल्दै अगी बढिरहेको थियो । कम्पाला काठमाण्डौभन्दा पनि बढी मान्छे बसोबास गर्ने शहर र पूर्वी अफ्रिका युगाण्डाको राजधानी हो । अधिकतम घरहरू रातो रङ्गलगाएका र मोबाईल फोन कम्पनीले रातो पहेलो रङ्ग पोतेको साना र प्रशस्त गगन चुम्बी भवनहरू र लामका लाम टेक्सी, गाडीका भीडको बाटो भएर एउटा अग्लो मन्दीर नजिकहुंदै कार्लटन होटेल अगाडि रोकियो । भीडले गर्दा पार्क गर्ने स्थानसमेत थिएन त्यस होटेल अगाडि । हामी ओर्लिएर तीन तलामाथि रिसेप्शनमा गएर, कोठा बुक गरियो । प्रति व्यक्ति २० डलरकादरले ब्रेकफास्ट मात्र दिने व्यवस्थ रहेछ । आफ्ना एक एक वटा झोला राखेर, घुम्न निस्किईयो । अफ्रिकामा मन्दिर देख्दा आश्चर्य लाग्यो, भारतीयहरू नपुगेको देश शायदै कुनै होला ?त्यो होटेल सामुन्ने एउटा शिख मन्दिर थियो भने पछाडिपट्टी श्यामनारायणको अर्को मन्दिर थियो । श्यामनारायणको मन्दिरको हाता भित्र गएर हेर्दा झण्डै ६/७ रोपनीकोकम्पाउण्ड लगाएको एक तले मन्दिर, भुइतलामा विवाह, भोज आदिकोलागि र माथिल्लो तल्लामा मन्दिर गणेश, श्यामनारायण आदि देवताका मूर्तिरहेछन् । मन्दिर प्रवेश गरिएन तर बाहिरबाटै दर्शन गरी फोटो खिचेर होटलतर्फ लागियो ।

अर्को दिन १६ अगस्तमा नैरोवी जाने कार्यक्रम अनुसार बसको टिकट बुझ्न गईयो, होटेलबाट झण्डै आधा कि.मी अलि तल रहेको बसपार्कका कालिता बसमा जनही ४० हजार सिलिङ्गमा ५ नं ६ नं र ७ नं सीट बुक गराईयो । भोलि पल्ट १४३० बजे त्याहां पुग्नु पर्ने थियो । कम्पाला पनि काठमाण्डौ जस्तो बाटो छेकेर पसल राखेको, लेफ्टहाण्ड ड्राइभ गरिने, गाडी पार्क गर्ने ठाउहरू पनि नभएको धेरै जस्ता स्थानमा, तर गाडीहरू खादेंर मिलाएर पार्क गर्ने र वीचको बाटो खुला राख्ने, मान्छे जताबाट पनि हिड्ने, नाग्ले पसल जस्ता पनि भेटिए, टाउकामा टोकरी बोकेर व्यपार गर्ने पनि भेटिए । महिला पुरुष सराबरी, कही समथर कही ओरालो कहीं उकालो, भिरालो पाखेपरेका जमिन र बाटो, घुईचो चीर्दै बल्ल होटेल आई पुगियो । हाम्रा लजभन्दा दुई तल्ला माथिल्लो तलामा होटलमा गएर भात, माछा(खानेले) नखानेले बन्दा, गाजर गोल्भेंडामिलाएको तरकारी खाईयो । एक थर्मस पानीको एक हजार समेत ३४ हजार सिलिङ्गको विल तिरेर आराम गर्न गईयो ।

१६ तारिख विहान ०८०० बजे खाजा फलफूल, कर्नल्फक्स, ब्रेड दुई पीस खानेले(अण्डा, सस) चिया वा कफी को व्यवस्था थियो, खाएर तल रिसेप्शनमा आईयो । त्यो दिन बिहानको समय खाली भएको हुंदा जानु पर्ने दूई स्थान मध्ये एक स्थान इक्वेटर हेर्ने योजना बने अनुसार रिसेप्शनिस्टले एउटा ट्याक्सी ५० डलरमा व्यवस्था गरे । सोही टेक्सीमा हामी तीनै जना समरेखा जसले पृथ्वीलाई दुई भागमा बिभाजन गरेको छ जसलाई साउथपोल (दक्षिणी ध्रुव) र नर्थपोल (उत्तरी ध्रुव) भनिन्छ हेर्न लागियो । यो स्थान कम्पालाबाट डेढ घंटाकोगाडीकोबाटो ६५ कि.मी जतिको दुरीमा अवस्थित छ । ०८१० बजेतिर प्रस्थान गरियो सामन्य ओरालो, सम्थलबाटोहुदैं क्वीन ल्कक(बाटोछेउमा राखिएको अग्लो टावर घडी) को बाटो हुदैं मानिसको भीड, गाडीको भीडकासाथै बिहानै देखी दैनिक उपभोग्य सामानहरूको व्यापारमा व्यस्त देखिन्थे कम्पालाका जनता । कही कही त बाख्रा खसी बोका, केराको डंगुर, गाई गोरु चरिरहेका थिए बाटाका किनाराहरूमा ।

अफ्रिकाका बरदान मानिएका सोझो प्राणी गधालाई काममा लगाईएको देखिन्थ्यो । सुडानमा पनि गधाले मानवलाई धेरै सघाएको छ, पानी बोक्न, मान्छेलाई ओसार्न, सामान तान्न, जोत्न, भारी बोक्न, दुई चक्के गाडा तान्न आदिका साथै बच्चादेखी बृद्धासम्म महिलादेखी पुरुषसम्मका जीवन चर्याका अभिन्नसाधन बनेको छ विचरा ! तर हामी कहा गधालाई गालीको रुपमा लिइन्छ । काम बिगारेमा गधाको उपमा दिइन्छ । तर यसको अनुहार भने सधै अंधेरै रहन्छ कहिल्यै खुसी देखिदैन तर विचरो दिनै भरी काममा जोतिइरहेको हुन्छ जताततै कुनै न कुनै काममा । युगाण्डामा र केनियामा पनि यसले मानव सेवा गरेको पाईयो । तर गोरुजोतेको कहीं पाईएन, गोरु त अफ्रिकामा मासुखानमात्र प्रयोग हुन्छ, यहाँको मान्छेले गोरुबाट कति काम लिन सकिन्छ भनेर थाहा नपाएको हो अथवा गधा, घोडा, उँटले कामा धानेको छदैछ भनेर मासुखान मात्र प्रयोग गरौं भनेर त्यसो गरेको हो बुझ्न सकिएन ।

….. बाकी नं २ अंकमा आउनेछ। to be continued next publication on same topics.

First published : 2014-08-06 21:59:36 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *