Skip to content


अत्याचार सहेर हुन्न यसरी, यो देशको उन्नती ।
स्रष्टाको किन आज भो अवनती, कस्ले गरे ज्यादती ।।
ती हाम्रा किन छन् बिरोध गरने, ? हेप्ने र हप्काउने ।
स्रष्टाले नबसौँ झुकेर कहिले, हौँ देश ब्युँझाउने ।। १

हेर्छौँ नित्य सबै डुलेर पहिले, सर्बत्र पुग्छौँ कवि
पुग्छौँ त्यो जुन ठाउँमा; जब त्यहाँ, पुग्दैन कैल्यै रवि ।।
गर्छौँ सोचबिचार विज्ञबलले, सम्पूर्ण सम्झाउने ।
स्रष्टा हौँ अब यो सहन्छ कसले, हौँ देश ब्युँझाउँने ।। २

साँचाको जहिले गरेर समर्थन्, सल्लाह राम्रो दिने ।
झुट्टाको अनि खन्छ खाडल ठुलै, भित्रै गडाई दिने ।।
यस्ता यी निमुखा भनेर तिनले, के काम बिच्क्याउने ।
स्रष्टा हौँ सब एक भै अब जुटौँ, हौँ देश ब्युँझाउँने ।। ३

मान्छे भै सबमा छ चेत अहिले, सम्झाउने उच्च छ ।
लेख्ने लेखक हौँ सधैँ कलमको, दर्शाउँछौं तागत ।।
साँच्चै युद्ध समान गर्जन गरी, संघर्ष चर्काउने ।।
कोट्याई अब यो कि काब्य बलले, हौँ देश ब्युँझाउँने ।। ४

गर्छन् नित्य कुकृत्य यो मुलुकमा, ती राज्य सन्चालक ।
बिद्रोही हुनजान्छ यो कलमको, टुप्पो सधैँ घातक ।।
गोलीको कति हुन्छ तागत यहाँ, ? यो देश हल्लाउने ।
त्यो भन्दा कम छैन शक्ति यसको, हौँ देश ब्युँझाउँने ।। ५

थर्कन्थ्यो मुटुको बढेर जहिले, ती दुष्टको धड्कन ।
ऐया भन्न सकेन है कलमको, खाई कयौँ चड्कन ।।
यस्तो हुन्छ ठुलो छ शक्ति यसको, यो राष्ट्र चम्काउँने ।
थर्काई सब दुष्टका मुटु यसै, हौँ देश ब्युँझाउँने ।। ६

लेख्दा कागजमा सधैँ कलमले, त्यो बज्र पड्के सरि ।
ढल्दाथे पहिले यही कलमले, साम्राज्यका ज्यादती ।।
गाली हुन्न कतै; छ प्रस्ट मुखले, संघर्ष चर्काउँने ।
हाम्रै शक्ति छ यो अथाह बलियो, हौँ देश ब्युँझाउँने ।। ७

जुट्तै एक हुदै मिली सब यहाँ, ती दुष्ट मान्छे चिन ।
लेखी कागजमा सिधै कलमले, देऊ अझै चड्कन ।।
हामी एक भए छ साथ अरुको, सम्पूर्ण भित्त्र्यउँने ।
ठोकौँ बज्रसमान काब्यबलले, हौँ देश ब्युँझाउँने ।। ८

२०७१। ५। १
इटहरी–५ पचरुखी
छन्द :- शर्दूलबिक्रिडीत
गण:- म स ज स त त गु

First published: 2014-08-18 09:50:29 +0545

1 thought on “हौँ देश ब्यूँझाउने”

  1. कविता असल छ ।तर टीका मिलन जी
    कविता असल छ । देशभक्तिका कुराले कविता अझ अाेजिलाे फटाहाहरुकाे दाेहाेलाे काढीएकाे छ तर टीका मिलन जी धेरै हराउनु भएकाे थियाे । अहिले बल्ल झुल्किनु भो । पुनरागमनकाे लागि स्वागत छ मझेरीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *