Skip to content

फुल फुल्छ एक दिन झरेर जान्छ ।
मान्छे जन्मन्छ एक दिन मरेर जान्छ ।

नलिनु है पिर कसैले जिवनमा ।
जो आउछ एक दिन टरेर जान्छ ।

मन मरेर समसान पुग्दा पनी ।
फेरी ज्युने आस गरेर जान्छ ।

जुनि भरी सधै साथ दिने मान्छे ।
सात समुन्द्र पारी तरेर जान्छ ।

सर्वस्व सारा लुटेर लगी ।
ज्युनु न मर्नु पारेर जान्छ ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *