Skip to content

हर धडकनमा सुरिलो लय होस्


हर धडकनमा सुरिलो लय होस्
नव सिर्जनमा मन तन्मय होस्।

दिलमा अनुराग फुलोस् यसरी
मृदु ओठभरि मधु सञ्चय होस्।

तन कोमल कान्त रहोस् नरहोस्
मन शीतल शान्त निरामय होस्।

प्रिय मित्र रहून्, कि त शत्रु रहून्
सबमाथि सदैव सदाशय होस्।

घर–आँगनमा र खुलापनमा
मन निर्भय होस्, सबको जय होस्।

गठ्ठाघर, भादगाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *