Skip to content

जताततै गजलमा


जताततै गजलमा यो मन झुल्दैछ
एकपछि अर्को गर्दै आन्दोलित भै उठ्दैछ

कलम त्यो जुरमुरायो मोतीको त्यो सम्झनामा
रोपी गएको अँकुर लटरम्म याँ फूल्दैछ

गजल यस्तो धार हो भित्रै देखि चिरिदिन्छ
वादल त्यो हटेर जो आकाश खुल्दैछ

जस्को आज जन्मदिन फूलका गुच्छाहरू लिइ
सम्झेर आज ‘मोती’ सँसार नै भुल्दैछ ।

– © मानन्धर अभागी
https://www.facebook.com/manandhar.abhagi

Leave a Reply

Your email address will not be published. Required fields are marked *