Skip to content


दिन पाएसि चन्द्रमाको रात बिर्सियौ रे
अन्धकारमा दीप बाल्ने हात बिर्सियौ रे

रातपछि दिन फेरि दिनपछि रात आउछ
सुख दुख साथी भन्ने बात बिर्सियौ रे

संगत गर्छौ अरे ठुला धनी मान्छेसँग
गरिबीमासँगै काट्या साथ बिर्सियौ रे

गन्दैनौ रे मान्छेलाई मान्छे अचेल त
मान्छे भई मान्छेको जात बिर्सियौ रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *