Skip to content

सम्झिएको छु चाहेर


सम्झिएको छु चाहेर हर प्रहर
खुशी छु तिम्लाई पाएर हर प्रहर

भाके थियौ देउरालीमा पाती राखी
नाचेको छ तन प्रेमको गीत गाएर हर प्रहर

मायाको याद अनेक मन सटिएपछि
मनको माया लाएर हर प्रहर

मुटु माग्यौ डर लाग्छ दिन नसकुलाकी
माया गर्छु कसम खाएर हर प्रहर

चिर्न सकु सन्नतालाई तिम्रो साथमा
हरेक बिहानीमा उदाएर हर प्रहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *