Skip to content

तीन मुक्तक (मायाको एउटा गीत)


१)
मायाको एउटा गीत छ
सबैलाई प्यारो उहीँ प्रीत छ
जीवनको सहारा हो त्यो
हार होस् तर त्यसमै जीत छ

२)
कसरी भनु तिमीलाई यति चाहेछु साथी
आँखामा हेर बोली मेरो सारा बहेछु साथी
सपना मेरा तिमीसँग पलभरि-भरिका
भनुँ भने तिमी जान्दिनौ कति सहेछु साथी

३)
एक यादले पनि उडाएर लान्छ
कहीं कतै मन हराएर जान्छ
म होश चाहु कि बेहोशी काफी छ
सधैं उस्तै कुराले मारेर खान्छ ।

प्रथम पटक प्रकाशित – 2014-09-13 20:58:46 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *