Skip to content

जिन्दगानी!

कहिले खासमा भुलाई जिन्दगानी
कहिले आफैमा दुखाई जिन्दगानी

यात्रा मेरो अघि बढ्दै छ उस्तै
केही पनि नलुकाई जिन्दगानी

म कुनै जोर गर्दिनँ कसैलाई
तर अर्पण छ तिमीलाई जिन्दगानी

बुझेको छु बुझ्नु राम्रो लाग्छ मलाई
मजाको छ मलाई जिन्दगानी

नयन, नाम त याद होला मेरो
मेरै हो तिम्रो नजर हेराई जिन्दगानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *