Skip to content


फूलको गन्ध सुँघ्छु भन्यो मलाई भमराले
तिम्रो छेउमै पुग्छु भन्यो मलाई भमराले

किन माया लायो कुन्नि हुन हो कि रुन हो
तिम्रै काखमा लुक्छु भन्यो मलाई भमराले

हुन्न हुन्न भने धेरै भाग्न पनि खोजे धेरै
दोबाटोमा रुँग्छु सधैं भन्यो भमराले

अली कठोर स्वभाव मेरो रुखै वचन गरें मैले
त्यसो नभन दुख्छु भन्यो मलाई भमराले

काउकुती लाग्यो उस्को कुरा सुन्दा मलाई पनि
छेउमै आई ठुँग्छु भन्यो मलाई भमराले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *