Skip to content


प्रत्येक पटक म दुखहरुबाट भागेर

नुवाएर सुकिला बाटाहरुमा हिन्न खोज्छु
तब अचानक वर्षात आएर
बाटोहरू भिजाएर हिलाम्य बनाउँछ
जोगिएर म हिन्छु भन्दाभन्दै पनि
अञ्जान मेरा पाइलाहरू
कुनै पानीका गहिरा ढिस्काहरुभित्र भासिन्छन
र मेरो पुरा शरीरसम्म फोहोरका छिटाहरू हान्छन
र जान्छन
हो यहा आँसुहरु पनि यस्तै यस्तै रहेछन्
कि कुन बेला खस्छन खस्छन?
स्वय म आफैलाई पनि पत्तै नहुने ।

सुजन बुडाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *