काल आएर गयो स्वास उठाएर
लैजाऊ मलामी यो लास उठाएर
यो पेसाले अब नामुक साहु हुनेछु
देखायो खेल्दै गरेको तास उठाएर
सन्तानलाई के लोभ देखाएर यहाँ
ल्यायौ नेता गाउका दास उठाएर
हजुर..म पनि त शोकमा डुबेको छु
लगेको हो सुनकोसीले बास उठाएर
कति नै जम्मा गरौला र भोलिलाई
मुर्दा लादा फालेको मास उठाएर
किसान क्षेत्री ‘किस्मत’
हस्तिचौर -८ पालुखा
गुल्मी