Skip to content

चिसो चिसो सिरोटेमा हिउँ पर्ला जस्तो छ


चिसो चिसो सिरोटेमा हिउँ पर्ला जस्तो छ
बिरानीमा आज चोखो माया मर्ला जस्तो छ

बिरह छ वेदना छ आकास खस्ला जस्तो छ
जिन्दगीको शान्तिभित्र बाढी पस्ला जस्तो छ
विछोडको आँसु वर्षी पृथ्वी गल्ला जस्तो छ

हिमालको छातीभित्र आगो बल्ला जस्तो छ
सपना सारा पधारेर हुरी चल्ला जस्तो छ
बाँच्ने रहर छँदा छँदै जीवन ढल्ला जस्तो छ

स्वर – मुरलीधर
संगीत – प्रकाश गुरुङ
चलचित्र – देउकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *