Skip to content

आज फेरि उन्ले मलाई, हँसाएको याद आयो


आज फेरि उन्ले मलाई, हँसाएको याद आयो
हाँस्दा हाँस्दै आँखाहरू, रसाएको याद आयो

मिठा मिठा बात गर्दा, समय त्यो भागी जादा
समातेर ल्याउत भन्दै, बसाएको याद आयो

किन गर्यौ तिम्ले यस्तो, बिना गति मलाई
सम्मान माया दिलबाट, हटाएको याद आयो

मौन छु म तिम्रो लागि, छैन केही शब्द अब
सिरानी त्यो भिजाई, आँसु खसाएको याद आयो

जे गर्यौ तिम्ले राम्रो गरेउ, जे हुन्छ हुन देऊ
सम्बन्ध यो कसैले यहाँ, फटाएको याद आयो

रन्जना न्यौपाने
चरिकोट, दोलखा

6 thoughts on “आज फेरि उन्ले मलाई, हँसाएको याद आयो”

  1. आज फेरि उन्ले मलाई, हँसाएको
    आज फेरि उन्ले मलाई, हँसाएको याद आयो
    हाँस्दा हाँस्दै आँखाहरू, रसाएको याद आयो ।

    मिठा मिठा बात गर्दा, समय त्यो भागी जाँदा
    समातेर ल्याउ त भन्दै, बसाएको याद आयो ।

    किन गर्यौ तिम्ले यस्तो, बिना गति मलाई
    सम्मान माया दिलबाट, हटाएको याद आयो ।

    मौन छु म तिम्रो लागि, छैन केही शब्द अब
    सिरानी त्यो भिजाई, आँसु खसाएको याद आयो ।

    जे गर्यौ तिम्ले राम्रो गर्यौ, जे जे हुन्छ हुन देऊ
    सम्बन्ध यो कसैले यहाँ, फटाएको याद आयो ।

    राम्रो हो गजल ता तर लेखन र शब्दस‌याेजनमा पर्याप्त ध्यान दिनु जरुरी देखियाे । केही सच्याइदिएँ । क्षमा चाहन्छु ।

    1. thanks a lot
      ranjana miss lai yetiko ramro gajal lekehko ma dherai dherai badhai….. ra agami din haru ma sir le bhane jasto garda sunma sugandha hune thiyo………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *