Skip to content

न आँसुले पखालिन्छ


न आँसुले पखालिन्छ पीर ब्यथा मनका सबै
हेर संसार दौडिएको पछि पछि धनका सबै

आलो घाउमा महंगीले बेला बेला छर्दा नुन
कठै भन्ने कोहि छैनन् आफ्ना आफ्ना पनका सबै

दैब पनि हाँसी बस्छ अभागीको घर जल्दा
मलिन देक्छु मैले आज चेहेरा ति जनका सबै

भोको पेट मर्दा यहाँ धनिकै छ चर्चा अचेल
दया माया देखाउने खै छैनन् यहाँ तनका सबै

रामकृष्ण पौडेल ‘अनायास’

Leave a Reply

Your email address will not be published. Required fields are marked *