Skip to content

मैले फेर्ने सास बरु तिमीले नै धेरै फेर

मैले फेर्ने सास बरु तिमीले नै धेरै फेर
मैले हेर्ने दृश्य पनि तिमीले नै धेरै हेर

जुनी जुनी तिमीसँगै ज्युँने रहर् हुँदा हुँदै 
 थाहै छैन जिन्दगानी ढलिजान्छ कति खेर               

धर्ती आकाश रहेसम्म माया नै माया दिन्छु 
धेरै माया पोखिंदैन मन्मुटुमा नआटेर 

तिम्रो साथ नपाए त उजाड हुन्थ्यो जीवन
प्यासी किनार तिर्खै रहन्थ्यो छाल नउठेर

तिमी विना अधुरो छ जिन्दगीको यात्राहरु 
स्वर्गै जानु परे पनि सँगै लान्छु पर्खिएर

चाँगे-५, नेसुम, ताप्लेजुङ
हाल: धरान-१०, सुनसरी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *