सबै भन्यौ तर एउटा किन छुटायौ तिमीले
आफ्नैबाट यहाँ मलाई किन लुटायौ तिमीले
खासै त्यस्तो कुरा हैन तान्दै तन्काउँदै ठूलो भाको
झुटमाथि झुट झुटकै मुल किन फुटायौ तिमीले !
गल्ती गरिस् भनेको भए स्वीकार्ने थिएँ गल्ती म नि !
हाम्रो नङ मासुको झैं सम्बन्ध किन टुटायौ तिमीले
सम्झाको भए सम्झने थिएँ पशु पक्कै थिइँन म नि !
तर फेरि मान्छे नै लगाई आखिर किन कुटायौ तिमीले
पुस्कल पौडेल (—प्रतिक)