Skip to content

एकान्त साधक पूर्ण प्रकाश

  • by

नेपाली भाषा र वाङ्मयका साधनामा लगभग छ दशकदेखि साधनारत रही विभिन्न सिजर्नात्मक र अनुसन्धानात्मक गहन कृतिहरू प्रदान गरेर नेपाली वाङ्मय भाषिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने अथक साधकको नाम हो पूर्णप्रकाश नेपाल ‘यात्री’ । नेपाली भाषाको ऐतिहासिक अन्वेषण भनी बाह्रवर्ष नेपाली अधिराज्यको सङ्घर्षपूर्ण यात्रा गरी नेपाली भाषाको सबैभन्दा पहिलो अभिलेख -होम् मणि पद्मे दामुषप भूपाल रेखभइ …(वि.सं. १०३८) खोज्ने पूर्णप्रकाश नेपाललाई ‘यात्री’ उपनामको नामाकरण योगी नरहरिनाथले गरिदिनु भएको थियो । उहाँको जन्म वि.सं. १९९१ साउन ४ गते बुधबारको दिन भोजपुर कटुन्जे गाउँ (हाल धोल्ले खानी) मा भएको थियो । पिता डिट्ठा कृष्णप्रसाद नेपालका सत्रौँ सन्तति र आमा हरिप्रिया नेपालका तर्फबाट तेस्रो सन्तानका रूपमा जन्मिएका ‘यात्री’ पाँचवटी आमामध्ये कान्छीपट्टीको छोरो थिए । बाह्रजना दिदीबहिनीमा एउटी बहिनी र सातजना दाजुभाइमा एकजना भाइ भएका ठूलो पारिवारिक बिन्द्रयालोमा ‘यात्री’ आफ्नो बुबा ८१ वर्षको हुँदा जन्मिनु भएको थियो । ज्योतिषीशास्त्रमा आचार्य उहाँका बुबाले आफ्नो दशगात्रादि कर्म पछिल्ला पत्नीहरूबाट जन्मेका पुत्रबाट नहुने जानेर उहाँले ८१ वर्षको उमेरमा दशगात्रादि कर्मका निमित्त मात्र भएपनि छोरो पाउनु भएको जानकारी यात्री स्वयंले गराउनु भएको छ ।
औपचारिक शिक्षाका सन्दर्भमा साहित्याचार्य, एम.ए. (मानवशासत्र), कर्मकाण्डमणि (भारत) का अध्ययन पूरा गर्नुभएका यात्रीलाई धार्मिक प्रवृत्ति र शान्त स्वभावकी आमाको काखबाट उहाँको पिताको देहावसान भएको चौधौँ महिनामा साधु डाक्टर श्याम चैतन्य ब्रहृमचारीले भिक्षा मागेर लानुभयो । उनै साधु ब्रहृमचारीले यात्रीलाई धरान र वाराणासीमा १४ वर्षसम्म अभिभावकत्व प्रदान गर्नुभयो ।
यात्रीले अनुसन्धान, अन्वेषण र बाह्रवर्ष यात्रा गर्ने पे्ररणाको स्रोत उनै भिक्षा मागेर लाने साधु डाक्टर श्याम चैतन्य ब्रहृमचारीलाई मान्नुहुन्छ भने दोस्रो पे्ररणाका स्रोत पण्डित छविलाल पोखरेल, त्यसैगरी भाषाशास्त्री महानन्द सापकोटा, तत्कालीन अञ्चलाधीश बद्रीविक्रम थापालाई पनि आफ्नो साहित्यिक र भाषिक यात्राको पे्ररक व्यक्तित्व मान्नुहुन्छ ।
मानवशास्त्रीय र समाजशास्त्रीय पक्षबाट देशका विविध जातजाति, भाषाभाषिका र इतिहास संस्कृतिको गहन अध्ययन अन्वेषण गर्ने यात्रीको पहिलो कृति ‘वणर्ाश्रम व्यवस्था किन’ ? नामक निबन्ध हो । यो निबन्ध २००८ सालमा वाराणसीबाट प्रकाशित भएको थियो । समाजसुधार र सामाजिक क्रान्तिका लागि गाउँमा पुराण भन्ने र बुझाउने, आफैँ हलो जोत्ने, ढाकर बोक्ने तथा अन्य बाहुन, क्षेत्रीलाई पनि लगाउने यात्री अपरिग्रही जीवन वृत्तलाई अपनाउने एक तपस्वी हुनुहुन्छ । १००८ साल अर्थात् १७ वर्षदेखि साहित्य सिर्जनामा लाग्नुभएका यात्रीका २०५६ सालसम्म वा उहाँको ऐतिहासिक वृहत् महाकाव्य ‘सिजापतिवाला’ लगायत ६७ वटा कृति प्रकाशित भएका छन् भने २०५६ को ‘सिजापतिवाला’ पछि कपनदर्पण (परिचयात्मक ग्रन्थ), सिद्धिचरण सञ्चरण महाकाव्य, निबन्ध मञ्जरी (निबन्ध सङ्ग्रह), उलुपी महाकाव्य, राष्ट्रकवि (मुद्रणाधीन) अवस्थामा छन् । यात्री स्वयंले भन्नुभएअनुसार उहाँसँग २५१ वटा रचनाका पाण्डुलिपि छन् ।
‘वसुधैव कुटुम्बकर्म’ को जीवनदर्शनलाई आत्मसात गर्दै सादा जीवन र उच्च विचारको आदर्श बोकेर सारा नेपालीको जातिय अस्मिता खोजी गर्नु आफ्नो अभिष्ट मान्ने यात्री देशप्रति इमान्दार, आफूप्रति आस्थावान, समाजप्रति सेवापरायण रहनु भाषा र साहित्यसेवीको कर्म हो भन्नुहुन्छ । त्यस्तै चारित्रिक विशुद्धताका लागि सामाजिक विसङ्गति औँल्याएर शोषण, दोहन र दमनको विरोध गर्नुलाई उहाँ आफ्नो साहित्यिक आदर्श मान्नुहुन्छ ।
माध्यमिक विद्यालयको प्रधानाध्यापक लगायत विश्व विद्यालयको प्राध्यापक भएर पनि लगभग ४७ वर्षसम्मको शिक्षण सेवा प्रदान गरी शैक्षिक क्षेत्रमा पनि उहाँले अमूल्य योगदान गर्नुभएको छ ।
‘यात्री’ का साहित्यिक कृतिहरूमा २००७ सालको क्रान्तिपछिको राष्ट्रिय सञ्चेतना, युगीन सम्भावना र मानवीय संवेदनाको विकास र विस्तारको अभिव्यक्ति पाइन्छ । त्यस्तै जातिय र राष्ट्रिय सञ्चेतनाको पृष्ठभूमिका प्रजातान्त्रिक मूल्य र मान्यताप्रति गहन निष्ठा भाव पनि उहाँका साहित्यिक कृतिहरूमा व्यक्तिएका छन् ।
१०८ सर्ग र १०८ ४६ श्लोक भएको नेपाली साहित्यिको सबैभन्दा ठूलो ऐतिहासिक महाकाव्य ‘सिजापतिवाला’ लेखी नेपाली भाषा र साहित्यलाई गौरवशाली बनाउनु हुने यात्रीले नेपाल र नेपालीत्वको संरक्षणका हेतुले लोकसाहित्य विश्वविद्यालयको परिकल्पना गरी प्रस्तावना गर्नुभएको छ, जुन नेपाली मन र माटोलाई फुलाउने, फलाउने एउटा सशक्त बाटो हो । यसबाट उहाँको दूरदर्शी युगीन व्यक्तित्व पनि प्रष्टिन्छ । नेपाल अधिराज्यका हिमाली प्रदेश, पहाड तथा तराईका गाउँगाउँमा पुगेर त्यहाँका स्थान र जनजीवनका विशेषतालाई प्रकाशमा ल्याउने अनुपम व्यक्तित्वका रूपमा यात्रीको ऐतिहासिक महफ्व सर्वाधिक रहेको छ । यस सापेक्षतामा उहाँको ‘यात्री’ उपनाम पनि सार्थक बन्न गएको छ ।
नेपाली भाषा साहित्य, इतिहास र संस्कृतिका विशिष्ट अन्वेषक ‘यात्री’ जीवनका हरेक तिता पलहरू बीच पनि हाँस्दै (प्राज्ञ बन्न नपाएको पल), मीठा पलहरूसँग रमाउँदै, विभिन्न रोगहरूसँग पौंठेजोरी खेल्दै, आँखाको ज्योतिसँग लुकामारी गर्दै आजको अवस्थासम्म पनि अविच्छिन्न रूपमा भाषा र साहित्यको क्षेत्रमा अथक यात्रा गरिरहनुभएको छ । विभिन्न सङ्घ, संस्थामा आवद्ध भएर पनि आफ्नो मातृभूमिको माटोलाई अझ सफल, सार्थक र विकसित तुल्याउन उहाँले महफ्वपूर्ण योगदान दिनुभएको छ ।

शनिबार, गोरखापत्र
कार्तिक १४, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *