बरु मैले चुपचाप सहिदिए हुन्थ्यो
उनी आगो हुँदा पानी भइदिए हुन्थ्यो
फुल्न नपाई कोपिला झर्यो पिरतीको
एउटा थुंगा हाँगामा रहिदिए हुन्थ्यो
जतिसुकै टाढा जाउँ घामभन्दा पर
वसन्ती हावाले छोई बहिदिए हुन्थ्यो
मौका दिने भए देखी मलाई भाग्यले
प्रायश्चित गर्नलाई यही दिए हुन्थ्यो
सास रहे आस हुन्छ मर्दै बाँच्नुभन्दा
हे ईश्वर। बरु श्वासै गइदिए हुन्थ्यो