Skip to content

तिमी छौ उता म परदेश

RameshKandel-02


तिमी छौ उता म परदेश कहाँ, कहाँ हो कहाँ बास छ आमा
मुख हेर्ने दिन भन्छन आज, नहुँदा काख मन निरास छ आमा

दश धारा दुधको ऋण छ तिम्रो, ब्याज पनि तिर्न सक्दिन होला
तैपनि थोरै सक्छु कि दिन, खुशीको त्यान्द्रो आस छ आमा

जान अन्जान कतै भुल भयो होला, श्राप रत्ति नदिनु है
आफन्त टाढा छटपटी मनमा, ज्यान त्यसै जिउँदो लास छ आमा

गाँस, बास, कपास चलेकै छ नी, दुई छाक मिठै खाकै छु त्यै नि
तिमीले पकाको गुन्द्रुक, भात, ढिंडो, जस्तो त कहाँ गाँस छ आमा

तिम्ले झैँ माया गर्ने यहाँ को छ? न्यानो छ भन्ने घामले नि पोल्छ
मप्रति तिम्रो स्नेह अनि, चिन्तनको मनमा आभास छ आमा
चिन्तनको मनमा आभास छ आमा

रमेश कंडेल
अध्यक्ष
NRNA युगान्डा

Leave a Reply

Your email address will not be published. Required fields are marked *