Skip to content

तिमीलाई देख्दा


तिमीलाई देख्दा मलाई,
मेरी आमाको याद आयो
गाउघरमा बसी मलाई कुर्ने,
तिनै गाउँ बेँसी र सन्तानको आद आयो
तिमीलाई देख्दा मलाई ….

ठ्याकै तिम्रो मुहार मेरी आमाको जस्तै,
बानी पनि उस्तै रहेछ
आँखाका आशु पक्ष्यौरीले पुक्ष्ने,
वाध्यता पनि उस्तै रहेछ
तिमीलाई देख्दा मलाई ….

झुपडीमा बसओ संघष गर्छ्यौ,
मेरी आमानी यस्तै मेहनती
एकमुठी विहान खाँदा हुँदैनथ्यो बेलुकी,
र पनि खुशी उस्तै पौरखी

तिमीलाई देख्दा मलाई,
मेरी आमाको याद आयो
गाउघरमा बशी मलाई कुर्ने,
तिनै गाउँ बेसी र सन्तानको आद आयो
तिमीलाई देख्दा मलाई ….

दोषबिहीन टुहुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *