Skip to content

झुठो आश देखाएर तिमी हराई गयौ
आफ्नो भन्ने तिमी नै थ्यौ किन पराई भयौ ? ।
सपनीमा भेट्न आउथ्यौ धेरै जसो तिमी
आखिर टाढा भैइछाड्यौ बास सराई गयौ ।
बच्ने ईछ्या छदैछ प्रिया नहुनु यती कठोर
जाल भित्र पार्यौ कठै अनि मराई दियौ ।
छट््पटाउंदै बस्यो चरी तिम्रै आगनी को डिलमा
टिप््न लग्या चामल दाना किन छराई दियौ ? ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *