Skip to content

सायद मोबाईल सिरानी मै थियो क्यार, कानै थर्किने गरी भाईब्रेट भयो । के चाहियो र जोन लिनन बिहानै मेरो शिरानीमै आईपुगे झै लाग्यो । गाउँदै थिए सुरिलो लय हालेर “सोच यहाँ स्वर्ग छैन, यो सजिलो छ यदि कोशिस गर्छौ भने । नर्क छैन यहाँ भन्दा तल, मात्र हामी माथि आकाश, सोच सबै मानिस आजको लागि बाच्दै छन्’’ । मैले हात लम्काएर भयो गाउनु पर्दैन भने झै अर्लाम बन्द गरिदिएँ । आँखा अझै खुलेको थिएन । दाहिनेतिर च्याम चुरुम तन्ना बजेको सुने, भाई अझै मस्त निन्द्रामा रहेछ । ओल्टे कोल्टे फर्किँदै । आफ्नो परक्षिा थियो । बिहानै विश्वविद्यालय पुग्नु पर्ने । पुषको सुरुवाती जाडो, फेरि आज अलिक चिसो थियो क्यार । सिरक फालेर बाहिर निस्कँदा लाग्यो अन्नपर्णको फेदीतिर पुग्दै छु ।

अघिको अर्लाम टोन सझिए । “सोच सबै मानिस आजको लागि बाच्दै छन्, स्वर्ग छैन, नर्क छैन ’’ यस्तै यस्तै तर मलाई लाग्यो म आजको लागि होईन भोलीको लागि बाँचीदिदैछु होईन भने यो जाडोमा किन यो परीक्षाको बोझ मेरो शिरमाथी, मेरो अनुहारमा बर्बर गम्भीर अध्यारो देखियो । उसले त गाई दियो नै बाच्नु त हामीले छ । आज, भोली, पर्सी या सायद शताब्दीयौ सम्म……।

बाथरुम सम्म घिसारीदै पुगे तैपनि चिसो ले त र्तसाएकै थियो । नाक, कान, अनुहार सबै तिर पानीको काहाली लाग्दो चिसो स्पर्शलाई सम्झिन पुगे । उभिएर ऐनामा हेरे, शरीर संरक्षणको लागि आत्मासँग बिबेचना गरे । आज मुख नधोई गईदिन्छु, मलाई कस्ले याद गर्ला र । मनलाई जसै तसै बुझाएर मुख नधोई निस्किए ।

सर्रर्रर्र……चिसो बतास कान अनी घुँडा सम्म ठोक्किएर मुटु सम्म स्पर्श गर्दै थिए । ला ! निकै बेरपछि याद गरे, हातमा पञ्जा त भुलेछु तर संयोगबस हिजो रातीको बसाई सहरतिरै थियो तेसैले गाँउ देखिको लामो यात्रा तय गर्नु नपर्ने थियो । चिसोको पर्बाह नगरी बिश्वबिद्यालय तिर हाँनिए । मोटरसाईकलले ४० ५० को गती समाईसकेको थियो ।

अनामनगरको त्यही सडक पेटीमा अचानक महाशष्ड, चिल्ला कालफुँडे जो भयङ्कर मण्डलेश्वरको ब्यक्त्तिव धारण गरेको, देबकोटाले देखेझै पिप्पलको बोट मुनी नभई आधुनीक फोहरको डङ्गगुर तिर बसी उग्राईरहेको त्यही महाशष्ड ब्यक्त्तिव लाई आफु सामुने पाँए । हिजो भर्खर देकोटाको साँढे निबन्ध पढेको थिँए । आज अचानक त्यस्तै साँढे मेरो अघिल्तीर देख्दा हामी कोलम्बस, अमेरीका भयौं जुन गोर्लाधमा नयाँ खोज थियो, हुन पनि अहीलेको आधुनीकताले छोपीदै गएको यो शहरमा यस्तो भयङ्कर आकृती जो कैसैले भेट्टाउँदैन । म पनि देबकाटाझै एकछीन झस्किए तर म संग मोटरसाकल थियो जुन साँढेको लखेटाई लाई माथ दिन सक्थ्यो । डर एकैछीन मा पाखालाग्यो । देबकोटाले मैतीदेबी को त्यो फाँटमा देखेको र मैले देखेको साँढेको दृश्य फटाफट मेरो दिमागमा रङ्गीन आकृती लिन थाले । देबकोटाको समय र मेरो समय बिच फराकीलो अन्तर थियो, त्यस्तै अन्तर साँढेको पनि छ होला मैले अनुमान गर्न सक्थे । मेरो काल्पनिक हातहरु साँढेको गर्धन तिर पुराएको मात्र के थिए कालफुँडे साँडको तिखो हेराईले बिहानको सुनसान सडकमा मेरो बाईकले अकस्मात फेरि गती लिदै साँढे मेरो आँखा बाट ओझेल भयो ।

घर पुग्दा नपुग्दै देबकोटा बडो तर्कशील कुन थालेका थिए । भयङ्कर ब्यक्तित्व भनेको पनि एक बहुमुल्य तथा चमत्करी पुर्ण बस्तु हो । दै्रपदी पनि मिमसेन पनि यस्तै हुँदा हुन् । ग्रीक कथाका र्हकुलीज लाई संझीन पुगेका थिए देबकोटाले तर मेरो वरीपरी त बलीया र शत्तीशाली मानीने आजका नेताहरु संझीन पुगे लाग्यो साँढे भन्दा पनि तगडा छन् है कसैको मुठ्ठीमा र्पनु नपर्ने, कसेको गाई गोठमा बाँधीनु नपर्ने; बढो शत्तीशाली छन् । महानगरले फोहर उठाएको हुँदो हो त यि बिचरा साँढेहरु चरन अभाबको बिशाल सिमेन्टको बल्कहरुमा कहाँ रम्न सक्थे र । धन्य ! फोहरको यिनै डङ्गगुर भित्र रमाउँन पाएका छन् । महानगरलाई एक पटक बिर बलभद्र र कालु पाँडे संझिए; बिरयोद्धा यि बिशाल साँढेहरुको संरक्षक ।

समय भन्दा केही अगाडि नै बिश्वबिद्यालय पुगे । जाडोले कक्रिएको हातले बाईक घिर्सादै एकातिर लगाए र चियाको तातो गिलास समाउन बेकरीको एउटा कुना तीर लागे । भाबनाले जती फुँई उडाए पनि यिनको एक हुँङ्गकार सामुन्ने बिचार भाब, संबेदना तर्क, कल्पना सबैको सानो पोको आखीरमा आँधीको बेग अगाडिको घाँसको रुवीको भुत्ला जस्तै निकम्मा उड्ने बस्तु हुने रहेछ । मेरो बिचार सबै त्यही साँढेको हुँकारमा अडिएको थियो । त्यो बिशालताममा अडिएको थियो । बिचारहरु चियाको तातो सुर्को संग मथिएर झन झन बिशाल रुप लिदै थिए । हाम्रो नेताहरुको पनि आकृती यस्तै हुँदो हो बिशाल, भिमकाय, शक्त्तीको एक चमत्कारी झलक, कुनै समयमा कुनै ब्यक्तित्व संग दब्नु नपर्ने । मण्डलिएपना । आफ्नै शैलीको जिबन आन्नद ।

मैले एकाध देख्ने गरेको, भेट्ने गरेको निर्बलीया, पँहेला मुख गरेका, परीश्रमले खिईएका । पर्यात्त पारीश्रमीकको अभाबमा डिच्च दाँत देखाउने युवाहरुको जमातलाई संझिए । के यिनीहरुलाई यिनै बिशााल आकारले थिचेको हो त ? के यिनै साँढेरुपी षण्ड ब्यक्तित्व को अपरीपक्वता देखि र्तसिएका हुन त ? मैले चिया पसलमा गाफिएका सबै तन्नेरी तिर आखाँ लगाए । सबैको अनुहारमा पचीसकेको सानो सुख थियो तर उत्साहा सुन्य थियो ।

अघिको त्यो साँढे अहीले मेरो अगाडि दुबै खुट्टा उठाएर उभिएको थियो; शत्तीशाली रितबाट ।
–रुमनजी चिया खाँदै ।

आच्या ! म झस्किए । चिया छचल्किएर हातमा पोखियो । अहो यीनी त मेरो बिश्वबिद्यालयका बिद्र्याथी संगठनका अग्रणी नेता पो थिए मैले बिथ्थामा साँढे पो देखेछु । हुन त यिनै पछि लगाउछन् कोर्रा लगाएर बिचरा युबाहरुलाई, कसरी नभनु साँढे । मेरो बिचार चियामा पग्लीने बिस्कुटझै पग्लिएर झर्दै थियो ।
–तपाईको परिक्षा थियो हैन ? मानिस म अगाडि आएर सोध्धै थियो ।

मैले प्रतिउत्तर दिनु पुर्बनै उ हिँडिसकेको थियो ।

हेलमेट आधी मुन्टो सम्म पसाएर क्लास तिर लागे । परिक्षा सुरु हुदै रहेछ । सबैलाई परिक्षाको चटारो थियो तर मेरो मस्तिष्क मा धाराबाहीक रुपमा साँढे सिर्जनशिल हुँदे थियो । साँढे अनी मनुष्य रुपी साँढे बिच भिन्नता प्रष्ट पार्न समालोचक बन्दै थिँए । मेरो बिचारलाई बिथोल्दै मेरो सहपाठी म भए तिर हुत्तिएर आईपुग्यो । आज ईक्जाम नहुने भयो रे । उ चिन्तीत देखिथ्यो । बिहानैदेखि मेरो टाउकोमा साँढेको बिबीधता माथिको चिन्तन चलीरहेको थियो । मैले मनमनै भने ‘भन्नु नी त्यही साँढे लाई गएर , आखीर तिनैको लिलाचक्र त होला’ । मेरो बिचार बास्तबीकतामा बदलियो । केही बिद्यार्थी नेताहरु गुर्ररररर…..भित्र छिरेर केही भन्न थाले ।

हुबहु सारांश यस्तो थियो–
बिश्बिद्यालयको चरम लापरबाही बड्दो छ । हामी बिरोधमा उत्रीन्छै । चरण बद्ध आन्दोलनको कार्यत्रम अघि सारेका छैं । यसमा तपाईहरुको निरन्तर साथ चाहान्छै । आज हुने भनिएको परीक्षा रद्ध भएकोमा हामी पनि दुखी छौं ।

म त जिल्लिए कुन साँढे हुन् जसको बिशालताले यो कलीला भबिष्य माथि निर्घात दमन गर्दै छ । यो रुप, यो बिशालता मैले नमानी नहुने भयो ।

फेरि लत्रिएर चिया पसल तिरै लागे । चिया पसलमा आँखा घुमाए त्यहाँ पनि कोही न कोही साँढे बन्दै थियो । आफ्नो षण्ड रुपलाई निर्खादै थियो । कसैको आलोचना थिएन न कसैको बिरोध तर सबै कमजोर थिए । नन्दी आभुषीत साँढेहरुले मनको कुनै कुनामा प्रकट भएर आफ्नो स्वार्थरुपी माला जप्न बाध्य बनाईएका थिए । आज अरुको मनमा के थियो थाहा थिएन । कीन परीक्षा भएन थाहा भएन तर मेरो मनले त त्यही कठोर रुपलाई गुन्दै थियो । स्याबासी दिदै थियो ।

पाप पुण्यको कुनै डर थिएन यिनीहरुलाई न त भबिष्य प्रतिको चासो । कुन प्रणय आनन्द दिलाउदो हो । कुन बासनाको लागि उत्तेजित छन् यिनीहरु । मनको कुनाबाट हवनीत हुदै निस्किएका यिनै शब्दहरुले नयाँ सोच बनाउँदै थियो तर मैले सुनाउने र सुनीदीने कोही थिएन । मैले कुनै बिशाल आकार लिन सकीन, कुनै भिडलाई खिच्न सक्ने बुलन्द आवाज निकाल्न सकीन तेसैले चिया पसलमै बसेर आफै संग साउती गर्दै छु । मलाई आक्रोस छ मेरो अगुवाहरुप्रति, नेतृव्व प्रति । किन यिनीहरुको आकार मात्र बिशाल छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *