Skip to content

रैछौ कुरै कुराले मन छुन सिपालु


रैछौ कुरै कुराले मन छुन सिपालु
एकैछिनमा नजिकैको हुन सिपालु

तिमी बाहेक अरु क्वै छैन यो सहरमा
मायाले मायाको दाग सबै धुन सिपालु

ओ लालमाया! कसले बनायो तिमीलाई
मायाको सुर्केनी गाँठो यसरी फुन सिपालु

तिम्ले छाडी गयौ भने यो आँसुको के कुरा
हुनेछ निर्मोही ढुङ्गो पनि रुन सिपालु

Leave a Reply

Your email address will not be published. Required fields are marked *